• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा योजना : विदेशी श्रमिकलाई पनि कोषको दायरामा ल्याइँदै

विदेशी श्रमिकले निवृत्तीभरण पाउँछन्?
64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १६:३८
1140x725

काठमाडौं– सरकारले नेपालमा काम गरिरहेका विदेशी श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भएको छ।

सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनामा विदेशी श्रमिकलाई पनि नेपाली नागरिकसरह सेवा सुविधा दिने व्यवस्था छ। विश्वका विभिन्न मुलुकबाट नेपालमा रहेका श्रमिकहरु नेपाली श्रमिकसरह नै कोषको दायरामा आबद्ध हुनुपर्ने र उनीहरुलाई नेपालीसरह नै सेवासुविधा प्राप्त हुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन्।

‘हामीले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार नै सामाजिक सुरक्षा योजनालाई अगाडि सारेका छौं,' कार्यकारी निर्देशक ज्ञवालीले भने, 'विदेशी श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनाले समान रुपमा समेटेको छ, नेपाली नागरिकसरह विदेशी नागरिकको समेत सुरक्षाको प्रत्याभूति गरिएको छ।’ 

२०७६ साउन १ गतेदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना , आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना गरी सुरुमा ४ वटा मुख्य योजनाहरु अघि सारिएका छन्। 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना कोषमा योगदान सुरु गरेको ३ महिना भइसकेपछि मात्रै लागू हुने व्यवस्था छ। कोषबाट औषधि उपचार सेवा प्राप्त गर्न श्रमिकले ३ महिना कोषमा योगदान गरेको हुनुपर्ने कोषकी प्रवक्ता रमा भट्टराईले बताइन्। 

कुनै पनि प्रतिष्ठानमा आबद्ध वा स्वरोजगार व्यक्तिले आफ्नो योगदान बापतको रकम कोषमा जम्मा गर्न थालेको ३ महिनापछि श्रमिक बिरामी भएमा औषधि उपचारका लागि उक्त श्रमिकले घरमै बसी उपचार गरेको अवस्थामा वार्षिक २५ हजार तथा अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक एक लाखमध्ये कुल दाबी रकमको ८० प्रतिशत कोषले बेर्होने र बाँकी २० प्रतिशत रोजगारदाता आफैले बेहोर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था विदेशी कामदारको हकमा पनि नेपाली कामदारसरह लागू हुने व्यवस्था छ। 

मातृत्व सुरक्षा अन्तर्गत गर्भावस्थाको परीक्षण तथा ३ महिनासम्मको उपचार खर्चको सुविधा छ। २४ हप्ताभन्दा बढीको गर्भपतन तथा मृत शिशु जन्मिएको अवस्थामा समेत यो सुविधा पाउने व्यवस्था छ। 

योगदानकर्ता वा निजको पत्नी प्रसूति भएको अवस्थामा शिशुलाई एक महिनाको पारिश्रमिक बराबर रकम प्रसूति स्याहारबापत प्रदान गरिनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुर्घटना तथा अशक्तता योजना
श्रमिकहरु दुर्घटनामा परेमा उनीहरुले कोषमा योगदान गरेकै दिनदेखि यो सुविधा प्राप्त गर्न सक्छन्। व्यवसायजन्य रोगको हकमा भने कोषमा योगदान सुरु गरेको दुई वर्षपछि मात्रै सुविधा प्राप्त हुने प्रावधान छ। कुनै पनि प्रतिष्ठानमा काम गरेर छाडेपछि पनि दुई वर्षभित्रमा व्यवसायजन्य रोगले आक्रमण गरेमा श्रमिकले कोषबाट उपचार खर्च पाउने व्यवस्था छ। यस्तो अवस्थामा कोषले ७ लाखसम्म उपचार खर्च बेहोर्छ। 

कार्यास्थल दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ। तर पूर्ण असक्षमता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत निज जीवित हुँदासम्म कोषले प्रदान गर्ने व्यवस्था छ। 

विदेशी श्रमिकका हकमा समेत यो व्यवस्था नेपाली कामदारसरह लागू हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए। 

आधारभूत पारिश्रमिकको ६० प्रतिशत  
योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई यो सुविधा आजीवन प्रदान गरिन्छ। जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निजले खाइपाइ आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तीभरण पाउने व्यवस्था छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मृतक योगदानकर्ताको सन्तति २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा शैक्षिक सहायता पाउने व्यवस्था छ। 

एकभन्दा बढी सन्तान भएमा ६० प्रतिशत रकम दामासाहीले प्रदान गरिनेछ। 

‘विदेशी कामदारको हकमा समेत यो व्यवस्था लागू हुन्छ, जुन देशको नागरिक हो सोही देशको रकममा कोषबाट प्राप्त हुने सेवासुविधा उपलब्ध गराइन्छ,’ कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने।

विदेशी श्रमिकले निवृत्तीभरण पाउँछन्? 
सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकले सामाजिक सुरक्षा योजना कोषमा योगदान गरेको श्रमिक उमेरले ६० वर्ष पूरा भएपछि बाँचुन्जेल निवृत्तीभरण पाउने व्यवस्था छ। 

निवृत्तीभरण पाउन श्रमिकले कोषमा १५ वर्ष योगदान गरेको हुनुपर्छ। योगदान गरेको १५ वर्ष नपुगी श्रमिकको उमेर ६० वर्ष पूरा  भएको अवस्थामा निजलाई वृद्धावस्था सुरक्षा योजनाबापत जम्मा भएको रकम र प्रतिफलसमेत एकमुस्ट प्राप्त गर्न सकिने व्यवस्था छ। 

निवृत्तीभरण योजना अन्तर्गत योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १ सय ८० महिना ( १५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तीभरण पाउने व्यवस्था छ। 

सामाजिक सुरक्षा योजनामा आबद्ध भएका विदेशी कामदारको हकमा भने उनीहरु निश्चित अवधिको श्रम स्विकृति लिएर काम गर्ने हुँदा उनीहरु करार अवधि सकेर उनीहरु आफ्नै  देश फर्कन्छन्। करार अवधि सकेर फर्किएका विदेशी कामदारहरुले कोषमा वृद्धावस्था सुरक्षा योजनाबापत कोषमा जम्मा भएको योगदान र सोको लगानी प्रतिफल फिर्ता पाउने व्यवस्था छ। 

‘उनीहरु जुन देशका नागरिक हुन्, सोही देशको रकममा कोषले योगदान बापतको रकम र प्रतिफल प्रदान गर्दछ,’ कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने। 

कोषमा योगदान गरिरहेको नेपाली श्रमिकले समेत बीचैमा नेपाली नागरिकता त्यागी विदेशको नागरिकता लिएमा सो श्रमिकलाई योगदान बापतको रकम र प्रतिफलसमेत एकमुष्ट रुपमा कोषबाट प्रदान गरिने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्