काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ८५ जना कर्मचारीको सरुवा गरेको छ। प्राधिकरणले ७, ८ र ९ तहका कर्मचारीको सरुवा गरेको हो।
प्राधिधकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा कार्यरत कर्मचारीको सरुवा गरेको हो।
प्राधिकरणका अनुसार ८ जना ९ तहका कर्मचारीको सरुवा भएको छ। यसैगरी ८ तहका ३९ जना र ७ तहका ३८ जना कर्मचारीको सरुवा भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ९ तहका कर्मचारीहरु जितेन्द्रकुमार झा, सूर्यनारायण मण्डल, धीरेन्द्रकुमार यादव, सुरज गौतम, उमेशकुमार झा, शशिभूषण साह, थीरकुमार खत्री र अमोदकुमार यादवको सरुवा भएको छ।
यी हुन् सरुवा भएका कर्मचारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।