काठमाडौं– नेपाल भ्रमणमा आएकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले करिब एक सय प्रहरी खटाइएको छ। एक महिला इन्सपेक्टर स्वराजको पिएसओका रुपमा खटिएकी छिन्।
इन्सपेक्टर मिनादेवी राईलाई उनको पिएसओका रुपमा खटाइएको छ। त्यस्तै उनको स्कटिङका लागि पनि महिला इन्सपेक्टर नै खटिएकी छिन्। इन्सपेक्टर चेतना पोखरेलको कमाण्डमा स्कर्टिङ टिम खटिएको छ। शुक्रबार स्वदेश नफर्कदासम्म स्वराजलाई इन्सपेक्टरद्वय राई र पोखरेलको कमाण्डमा सुरक्षा दिइनेछ। उनका एक पिएसओ भारतबाट सँगै आएका छन्।
स्कर्टिङका लागि प्रहरीको कार्यदलबाट टोली खटाइएको छ। उनी बस्ने सोल्टी होटलमा पनि सुरक्षाका लागि छुट्टै टोली खटाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।
बिहिबार करिब ४ बजे काठमाडौं आईपुगेकी उनलाई स्कर्टिङ गरेर प्रहरीले सोल्टी होटल पु¥याएको थियो। शुक्रबार ११ बजे उनले राष्ट्रपछि बिद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ।, त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई वालुवाटरमा भेटेर उनी स्वदेश फर्कनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।