काठमाडौं– प्रतिनिधिसभाको शून्य समयमा बोलेको कुराको सुनुवाइ नभएको भन्दै सांसदहरुले पटकपटक कुरा उठाउने गरेका छन्।
तर, मंगलबारको बैठकमा भने एक सांसदले आफ्नो मौनता रेकर्ड गराएका छन्।
'शून्य समयमा धेरै पटक आम नागरिकले भोगेको समस्याको सम्बोधनको लागि बोलियो। कहीँ कतैबाट पनि सुनुवाइ भएन। त्यसकारण आज म मलाई उपलब्ध भएको समय मौन व्रत राखें। रेकर्ड होस्, सभामुख महोदय', कांग्रेस सांसद राजेन्द्र कुमार केसीले भने।
त्यसपछि उनी केही बेर मौन बसे।
उनी मौन बसेको केही समयमै सभामुख कृष्णबहादुर महराले एक मिनेट पुगेको बताएका थिए।
सी काठमाडौं १० बाट विजयी सांसद हुन्।
यो पनि पढ्नुहोस्– 'शून्य समय'लाई सुन्ने कहिले?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।