• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पी चिदम्बरम : राजीव गान्धीको रोजाइमा परेको त्यो ठिटो

चिदम्बरम पक्राउपछिको राजनीतिक चक्र
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १३:१०
1140x725

काठमाडौं- हामीमाझ एक उक्ति चर्चित छ- पृथ्वी गोलो छ, घुम्दैफिर्दै एक दिन सबैको पालो आउँछ। 

यदि यसैलाई आधार मान्ने हो भने भारतीय पूर्व अर्थमन्त्री पी चिदम्बरमका लागि अहिले त्यस्तै भएको छ।

सन् २०११ मा गृहमन्त्री हुँदा चिदम्बरमले केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को जुन भवन उद्घाटन गरेका थिए, गएको बुधबार पक्राउ परेपछि उनले त्यही भवनमा रात बिताउनुपर्‍यो।

उनी पक्राउ परेको घटनालाई सोही समयमा उनले गरेको कामलाई नै बदलाको रुपमा हेरिँदै राजनीतिक निसाना साँधेको रुपमा पनि चर्चा हुन थालेको छ।

जब चिदम्बरम गृहमन्त्री थिए, तब सिबिआईले सोहराबुद्दिन शेख मुठभेड प्रकरणमा हत्याको आरोपमा गुजरात राज्यका तत्कालीन मन्त्री रहेका अमित शाहलाई गिरफ्तार गरिएको थियो। अहिले उनै अमित शाह केन्द्रीय गृहमन्त्री छन् भने चिदम्बरम सिबिआईको हिरासतमा।

हालका गृहमन्त्री अमित शाह

तत्कालीन समयमा चिदम्बरमले केवल मोदीको दाहिने हात रहेका अमित शाहका लागि अफ्ठ्यारो मात्र खडा गरेका थिएनन्, सिधै मोदीमाथि नै हस्तक्षेप गरेका थिए। सन् २००२ मा भएको गुजरात दंगाको विशेष जाँच दल (एसआइटी) ले छानबिन गरिरहेको थियो। उक्त प्रकरणमा हालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फसाउन खोजिएको थियो। तर, सम्भव नभएपछि शाहलाई जाँच दलले निसाना बनाएको आरोप भाजपाले लगाउँदै आएको थियो।

भगवा आतंक 
भारतीय जनता पार्टी (भाजपा) को नजरमा यो राम्रो कदम थिएन। तर, चिदम्बरम यसैमा रोकिनेवाला थिएनन्। उनले २०१० मा ‘भगौडा आतंकवाद’ शब्दावली नै प्रयोग गरेर राज्य सरकारलाई नै निसाना साँधे।

उनले आतंकवाद सम्बन्धमा एक सम्मेलनमा भनेका थिए, 'विगतमा भएका कतिपय बम विस्फोटका घटनासँग जोडिएको भगौडा आतंकवाद अहिले भएका केही घटना हेर्दा नयाँ स्वरुपमा आएको छ। मलाई लाग्छ कि हामी हरेक समयमा सतर्क रहनुपर्छ। केन्द्र र राज्य सरकार स्तरमा आतंकवादलाई रोक्न हाम्रो क्षमता बढाउनुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb
पी चिदम्बरम

यो टिप्पणीलाई लिएर भाजपा तत्कालै आन्दोलित भयो। उसले विभिन्न स्थानमा हंगामा खडा गर्‍यो। 'हिन्दुत्व'लाई 'आतंकवाद'सँग जोड्नु आफूहरुलाई नै अवैध ठहर गर्न खोजेको रुपमा हिन्दुवादी समूहरुले बुझे। जसलाई त्यतिबेलासम्म इस्मालिक धार्मिक समूहलाई मात्रै आतंकवादसँग जोडेर हेरिने गरिन्थ्यो।

यद्यपि आतंकवादको कुनै धर्म हुँदैन भन्नेमा सबै सहमत भए। तर, क्षति भने भइसकेको थियो।

चाहे त्यो जाँच स्पष्ट थियो वा थिएन तर केही धमाकाको पछाडि हिदुत्व संगठनको हात भने देखिएको थियो। तर यो राजनीतिक रुपमा आत्मघाती साबित भयो किनकि यसले बिजेपी र संघलाई  धार्मिक अतिवादको कार्ड खेल्ने मौका दियो। 

कांग्रेस सार्वजनिक रुपमा तत्कालीन गृहमन्त्री चिदम्बरलाई खण्डन नै गर्न बाध्य भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाजपाको आन्दोलनपछि जनार्दन द्विवेदीले कांग्रेसका तर्फबाट एक व्यक्तव्य निकाले। यो विवाद एक शब्दका कारण सुरु भएको र गृहमन्त्रीको भनाइ भगुवा नभई सबै प्रकारका आतंकवादको निर्मुल पार्नु रहेको भन्दै थामथुम पार्ने प्रयास गरियो। आतंकवादको कुनै जात ,धर्म र सम्प्रदाय नहुने कुरा गृहमन्त्रीले बोलेको भन्दै उक्त सम्मेलनमा बोलेको कुरालाई फिर्ता लिने प्रयास गरियो। 

आतंकवादको कुनै रङ नहुने भएकाले यसलाई आफू अनुकूल कालो, रातो, हरियो, सेतो जुनै रङमा देख्न सकिने भनियो। आतंकवादको निन्दा गर्नुपर्नेमा यसमा भाषाको अर्थ लिएर विवाद गर्न नहुने कांग्रेसको वक्तव्यमा भनियो।

चिदम्बरम पक्राउ, भाजपालाई सहयोग 
भारतको अर्थव्यवस्था सुस्ताएको छ। दोस्रो पटक बहुमत प्राप्त गरेर भाजपा सरकारमा रहेको छ। 

‘मोदी सरकार अर्थव्यवस्था सम्हाल्न असफल हुँदै गएको’ खालका हेडलाइनमा समाचार आउन थालेका छन्। 

बेरोजगारी र किसानहरुका आत्महत्या रोकिएको छैन। यस्तो अवस्थामा सरकारले चुप नबसेको देखाउने एजेन्डाको रुपमा केही नै केही आउनुपर्ने  दबाब सरकारमाथि थियो। यही समयमा काश्मीर विवाद चर्कियो, अहिले चिदम्बर चर्चामा छन् आगामी दिन अर्को घटना आइलाग्ने  देखिन्छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

यसले विपक्ष कति भ्रष्ट छ, बिकाउ र दोषी छ भन्ने नि देखाउँछ। यस्ता घटनाहरुमै जनतालाई अल्झाउने र अर्थ व्यवस्थामा देखिएको संकटमा कमभन्दा कम आलोचना होस् भन्ने सरकारको रणनीति देखिन्छ। 

चिदम्बर केही दिनमा हिरासतवाट बाहिर आउने निश्चित छ तर उनको गिरफ्तारीलाई लिएर जनताले मोदी सरकारको सधै सम्झना गरिरहन्छन्। यसले विपक्षी कांग्रेस कति भ्रष्ट छ भनेर बुझ्न पनि मद्दत मिल्नेछ।

राजीव गान्धीले छानेको त्यो युवा
चिदम्बर वकिल हुने लक्ष्य राखेर घरबाट करिअर बनाउन निस्किएका थिए। १९५४ मा एक धनी परिवारमा जन्मिएका चिदम्बरम कानुन व्यवसायी बन्न चाहन्थे। यही बेला उनी भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष राजीव गान्धीको नजरमा यसरी परे उनी पछि गान्धीको दाहिने हातसरह बने।

१९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको चुनावमा देखिएको लहरमा उनी पनि निर्वाचनमा होमिए। र विजय हासिल गरे। राजीव गान्धीले व्यक्तिगत, सार्वजनिक गुनासो र निवृत्तीभरण मन्त्रालयको जिम्मेवारी दिए।

यी चिदम्बरम तिनै हुन् जसले प्रधानमन्त्रीको सुरक्षाका लागि एसपिजी कानुन ल्याए। तर तत्कालीन समयमा उक्त कानुन प्रधानमन्त्रीको हकमा लागू भएन। जब १९८९ मा भइरहेको चुनावमा राजीव गान्धी चिदम्बरको राज्यमा प्रचार गरिरहेका थिए, तत्कालीन समयमा उनलाई चिदम्बरमले बनाएको कानुनको सुरक्षा थिएन। 

राजीव गान्धीको हत्यापछि मणिशंकर अय्यरले लगातार र सार्वजनिक रुपमा यसका लागि चिदम्बरलाई दोषी ठहर्‍याउँदै आएका थिए।

पी चिदम्बरम

यसरी पार्टीमा आलोचना भइरहँदा पनि चिदम्बरमले पछाडि फर्केर हेर्नु परेन। चिदम्बरको प्रतिभालाई देखेर एचडी देवगौडा र इन्द्रकुमार गुजरालले उनलाई मन्त्रिपरिषद्‌को सदस्य बनाए। त्यस्तै युपिए–१ को गठबन्धन सरकारमा उनी वित्तमन्त्री बन्न सफल भए। तर उक्त समयमा अर्थ व्यवस्था सुस्त हुँदै गयो। 

२००८ मा यही कुरालाई मध्यनजर गर्दै चिदम्बरमलाई उक्त जिम्मेबारीबाट हटाइयो। उनको स्थानमा प्रमण मुखर्जीले जिम्मेवारी पाए। यसको असर युपिए–२ मा देखापर्‍यो। अवस्था झन् बिग्रँदै गयो जब २०१२ मा प्रमण मुखर्जी राष्ट्रपति बने र चिदम्बरमलाई पुन: वित्त मन्त्रालयको जिम्मेवारीमा फर्काइयो।

विवादस्पद गृहमन्त्री 
२६/११ मा मुम्बई हमलापछि शिवराज पाटीललाई गृहमन्त्री पदबाट बर्खास्त गरियो। उनको स्थानमा कुशल गृहमन्त्रीको जरुरत खाँचो थियो।

तत्कालीन समयमा चिदम्बरमको नाम चर्चामा आयो। चिदम्बरम वित्तमन्त्रीकै रुपमा काम गर्न चाहेका थिए। उनले उक्त मन्त्रालयमै आफूले राम्रो गर्न सक्ने सोचेका थिए। तर पनि पार्टीको अगाडि उनको केही चलेन। उनी गृहमन्त्री बने। 

गृहमन्त्रीको रुपमा उनी असफल रहे। गृह मन्त्रालयले भने उनको छवि नै परिवर्तन गरिदियो। उनी एक अहंकारी मन्त्रीको रुपमा आफ्नो छवि बनाउन सफल भए। मानव अधिकार कार्यकर्ताले उनलाई खलनायकको रुपमा चित्रण गर्न थाले। उनले गृह मन्त्रालयमा रहँदा कैयौं मुलसमानलाई आतंकवादीको आरोपमा गिरफ्तार गरे। यसरी पक्राउ परेकाहरु अधिकांश निर्दोष साबित भए। 

उनले यसैबीच 'अपरेसन ग्रीनहन्ट' चलाए। यो झन् विवादित बन्यो। माओवादी प्रभावित क्षेत्रका लागि चलाइएको यो अभियानको उद्देश्य नै जंगलदेखि घरसम्म पुगेर माओवादीको सफाया गर्नु थियो। उक्त अभियानको ठूलो आलोचना भयो। तर चिदम्बरम पूर्वोत्तर भारत र काश्मीरमा मानव अधिकार उल्लंघन भएका घटना कम गर्नका लागि शसस्त्र बल विशेषाधिकार अधिनियमको समीक्षा गर्न तयार थिए। 

पी चिदम्बरम

उनले गृह मन्त्रालयको जिम्मेवारी पाएको यही समयमा अमित शाहविरुद्ध मुद्दा चलाएका थिए। र, नरेन्द्र मोदीविरुद्ध पनि तत्कालीन समयमा असफल प्रयास गरेका थिए। तर मोदी उक्त प्रकरणमा संलग्न र दोषी देखिएनन्।

यो प्रकरण निकै लामो समयसम्म चल्यो तर मोदीलाई अभियुक्त बनाउन चिदम्बरम असफल भए। 

अहिले चिदम्बरमको गिरफ्तारी त्यही समयको तुषको रुपमा कतिपयले बुझ्ने गरेका छन्। केही न केही भ्रष्टाचारको हिस्सा चिदम्बरम हुन सक्छन्। तर केहीले यो पनि भन्दैछन् कि गुजरात दंगामा दोषी साबित गराउन नसकेको परिणाम उनी भोगिरहेका छन्।

अब बाँकी इतिहास हो। तर चिदम्बरमको पार्टीको आज जुन अवस्था छ, यसले के स्पष्ट पार्छ भने उनको राजनीतिक करिअरको सुखद अन्त्य भने देख्न पाउनेछैनन्। 

राजीव गान्धीले निलो आँखा भएको खानदानी परिवारको एक प्रतिभाशाली युवालाई जुन उद्देश्यले राजनीतिमा भित्र्याएका थिए, त्यो कति पूरा भयो?  इतिहासले मूल्यांकन गर्ला। तर 'क्लिनचिट' लिएर पुन: राजनीतिमा पुरानै छवि बाकेर आउन भने ७३ वर्षीय चिदम्बरमका लागि निकै ढिलो हुनेछ। बिबिसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्