• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पी चिदम्बरम : राजीव गान्धीको रोजाइमा परेको त्यो ठिटो

चिदम्बरम पक्राउपछिको राजनीतिक चक्र
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १३:१०
1140x725

काठमाडौं- हामीमाझ एक उक्ति चर्चित छ- पृथ्वी गोलो छ, घुम्दैफिर्दै एक दिन सबैको पालो आउँछ। 

यदि यसैलाई आधार मान्ने हो भने भारतीय पूर्व अर्थमन्त्री पी चिदम्बरमका लागि अहिले त्यस्तै भएको छ।

सन् २०११ मा गृहमन्त्री हुँदा चिदम्बरमले केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को जुन भवन उद्घाटन गरेका थिए, गएको बुधबार पक्राउ परेपछि उनले त्यही भवनमा रात बिताउनुपर्‍यो।

उनी पक्राउ परेको घटनालाई सोही समयमा उनले गरेको कामलाई नै बदलाको रुपमा हेरिँदै राजनीतिक निसाना साँधेको रुपमा पनि चर्चा हुन थालेको छ।

जब चिदम्बरम गृहमन्त्री थिए, तब सिबिआईले सोहराबुद्दिन शेख मुठभेड प्रकरणमा हत्याको आरोपमा गुजरात राज्यका तत्कालीन मन्त्री रहेका अमित शाहलाई गिरफ्तार गरिएको थियो। अहिले उनै अमित शाह केन्द्रीय गृहमन्त्री छन् भने चिदम्बरम सिबिआईको हिरासतमा।

हालका गृहमन्त्री अमित शाह

तत्कालीन समयमा चिदम्बरमले केवल मोदीको दाहिने हात रहेका अमित शाहका लागि अफ्ठ्यारो मात्र खडा गरेका थिएनन्, सिधै मोदीमाथि नै हस्तक्षेप गरेका थिए। सन् २००२ मा भएको गुजरात दंगाको विशेष जाँच दल (एसआइटी) ले छानबिन गरिरहेको थियो। उक्त प्रकरणमा हालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फसाउन खोजिएको थियो। तर, सम्भव नभएपछि शाहलाई जाँच दलले निसाना बनाएको आरोप भाजपाले लगाउँदै आएको थियो।

भगवा आतंक 
भारतीय जनता पार्टी (भाजपा) को नजरमा यो राम्रो कदम थिएन। तर, चिदम्बरम यसैमा रोकिनेवाला थिएनन्। उनले २०१० मा ‘भगौडा आतंकवाद’ शब्दावली नै प्रयोग गरेर राज्य सरकारलाई नै निसाना साँधे।

उनले आतंकवाद सम्बन्धमा एक सम्मेलनमा भनेका थिए, 'विगतमा भएका कतिपय बम विस्फोटका घटनासँग जोडिएको भगौडा आतंकवाद अहिले भएका केही घटना हेर्दा नयाँ स्वरुपमा आएको छ। मलाई लाग्छ कि हामी हरेक समयमा सतर्क रहनुपर्छ। केन्द्र र राज्य सरकार स्तरमा आतंकवादलाई रोक्न हाम्रो क्षमता बढाउनुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb
पी चिदम्बरम

यो टिप्पणीलाई लिएर भाजपा तत्कालै आन्दोलित भयो। उसले विभिन्न स्थानमा हंगामा खडा गर्‍यो। 'हिन्दुत्व'लाई 'आतंकवाद'सँग जोड्नु आफूहरुलाई नै अवैध ठहर गर्न खोजेको रुपमा हिन्दुवादी समूहरुले बुझे। जसलाई त्यतिबेलासम्म इस्मालिक धार्मिक समूहलाई मात्रै आतंकवादसँग जोडेर हेरिने गरिन्थ्यो।

यद्यपि आतंकवादको कुनै धर्म हुँदैन भन्नेमा सबै सहमत भए। तर, क्षति भने भइसकेको थियो।

चाहे त्यो जाँच स्पष्ट थियो वा थिएन तर केही धमाकाको पछाडि हिदुत्व संगठनको हात भने देखिएको थियो। तर यो राजनीतिक रुपमा आत्मघाती साबित भयो किनकि यसले बिजेपी र संघलाई  धार्मिक अतिवादको कार्ड खेल्ने मौका दियो। 

कांग्रेस सार्वजनिक रुपमा तत्कालीन गृहमन्त्री चिदम्बरलाई खण्डन नै गर्न बाध्य भयो। 

भाजपाको आन्दोलनपछि जनार्दन द्विवेदीले कांग्रेसका तर्फबाट एक व्यक्तव्य निकाले। यो विवाद एक शब्दका कारण सुरु भएको र गृहमन्त्रीको भनाइ भगुवा नभई सबै प्रकारका आतंकवादको निर्मुल पार्नु रहेको भन्दै थामथुम पार्ने प्रयास गरियो। आतंकवादको कुनै जात ,धर्म र सम्प्रदाय नहुने कुरा गृहमन्त्रीले बोलेको भन्दै उक्त सम्मेलनमा बोलेको कुरालाई फिर्ता लिने प्रयास गरियो। 

आतंकवादको कुनै रङ नहुने भएकाले यसलाई आफू अनुकूल कालो, रातो, हरियो, सेतो जुनै रङमा देख्न सकिने भनियो। आतंकवादको निन्दा गर्नुपर्नेमा यसमा भाषाको अर्थ लिएर विवाद गर्न नहुने कांग्रेसको वक्तव्यमा भनियो।

चिदम्बरम पक्राउ, भाजपालाई सहयोग 
भारतको अर्थव्यवस्था सुस्ताएको छ। दोस्रो पटक बहुमत प्राप्त गरेर भाजपा सरकारमा रहेको छ। 

‘मोदी सरकार अर्थव्यवस्था सम्हाल्न असफल हुँदै गएको’ खालका हेडलाइनमा समाचार आउन थालेका छन्। 

बेरोजगारी र किसानहरुका आत्महत्या रोकिएको छैन। यस्तो अवस्थामा सरकारले चुप नबसेको देखाउने एजेन्डाको रुपमा केही नै केही आउनुपर्ने  दबाब सरकारमाथि थियो। यही समयमा काश्मीर विवाद चर्कियो, अहिले चिदम्बर चर्चामा छन् आगामी दिन अर्को घटना आइलाग्ने  देखिन्छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

यसले विपक्ष कति भ्रष्ट छ, बिकाउ र दोषी छ भन्ने नि देखाउँछ। यस्ता घटनाहरुमै जनतालाई अल्झाउने र अर्थ व्यवस्थामा देखिएको संकटमा कमभन्दा कम आलोचना होस् भन्ने सरकारको रणनीति देखिन्छ। 

चिदम्बर केही दिनमा हिरासतवाट बाहिर आउने निश्चित छ तर उनको गिरफ्तारीलाई लिएर जनताले मोदी सरकारको सधै सम्झना गरिरहन्छन्। यसले विपक्षी कांग्रेस कति भ्रष्ट छ भनेर बुझ्न पनि मद्दत मिल्नेछ।

राजीव गान्धीले छानेको त्यो युवा
चिदम्बर वकिल हुने लक्ष्य राखेर घरबाट करिअर बनाउन निस्किएका थिए। १९५४ मा एक धनी परिवारमा जन्मिएका चिदम्बरम कानुन व्यवसायी बन्न चाहन्थे। यही बेला उनी भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष राजीव गान्धीको नजरमा यसरी परे उनी पछि गान्धीको दाहिने हातसरह बने।

१९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको चुनावमा देखिएको लहरमा उनी पनि निर्वाचनमा होमिए। र विजय हासिल गरे। राजीव गान्धीले व्यक्तिगत, सार्वजनिक गुनासो र निवृत्तीभरण मन्त्रालयको जिम्मेवारी दिए।

यी चिदम्बरम तिनै हुन् जसले प्रधानमन्त्रीको सुरक्षाका लागि एसपिजी कानुन ल्याए। तर तत्कालीन समयमा उक्त कानुन प्रधानमन्त्रीको हकमा लागू भएन। जब १९८९ मा भइरहेको चुनावमा राजीव गान्धी चिदम्बरको राज्यमा प्रचार गरिरहेका थिए, तत्कालीन समयमा उनलाई चिदम्बरमले बनाएको कानुनको सुरक्षा थिएन। 

राजीव गान्धीको हत्यापछि मणिशंकर अय्यरले लगातार र सार्वजनिक रुपमा यसका लागि चिदम्बरलाई दोषी ठहर्‍याउँदै आएका थिए।

पी चिदम्बरम

यसरी पार्टीमा आलोचना भइरहँदा पनि चिदम्बरमले पछाडि फर्केर हेर्नु परेन। चिदम्बरको प्रतिभालाई देखेर एचडी देवगौडा र इन्द्रकुमार गुजरालले उनलाई मन्त्रिपरिषद्‌को सदस्य बनाए। त्यस्तै युपिए–१ को गठबन्धन सरकारमा उनी वित्तमन्त्री बन्न सफल भए। तर उक्त समयमा अर्थ व्यवस्था सुस्त हुँदै गयो। 

२००८ मा यही कुरालाई मध्यनजर गर्दै चिदम्बरमलाई उक्त जिम्मेबारीबाट हटाइयो। उनको स्थानमा प्रमण मुखर्जीले जिम्मेवारी पाए। यसको असर युपिए–२ मा देखापर्‍यो। अवस्था झन् बिग्रँदै गयो जब २०१२ मा प्रमण मुखर्जी राष्ट्रपति बने र चिदम्बरमलाई पुन: वित्त मन्त्रालयको जिम्मेवारीमा फर्काइयो।

विवादस्पद गृहमन्त्री 
२६/११ मा मुम्बई हमलापछि शिवराज पाटीललाई गृहमन्त्री पदबाट बर्खास्त गरियो। उनको स्थानमा कुशल गृहमन्त्रीको जरुरत खाँचो थियो।

तत्कालीन समयमा चिदम्बरमको नाम चर्चामा आयो। चिदम्बरम वित्तमन्त्रीकै रुपमा काम गर्न चाहेका थिए। उनले उक्त मन्त्रालयमै आफूले राम्रो गर्न सक्ने सोचेका थिए। तर पनि पार्टीको अगाडि उनको केही चलेन। उनी गृहमन्त्री बने। 

गृहमन्त्रीको रुपमा उनी असफल रहे। गृह मन्त्रालयले भने उनको छवि नै परिवर्तन गरिदियो। उनी एक अहंकारी मन्त्रीको रुपमा आफ्नो छवि बनाउन सफल भए। मानव अधिकार कार्यकर्ताले उनलाई खलनायकको रुपमा चित्रण गर्न थाले। उनले गृह मन्त्रालयमा रहँदा कैयौं मुलसमानलाई आतंकवादीको आरोपमा गिरफ्तार गरे। यसरी पक्राउ परेकाहरु अधिकांश निर्दोष साबित भए। 

उनले यसैबीच 'अपरेसन ग्रीनहन्ट' चलाए। यो झन् विवादित बन्यो। माओवादी प्रभावित क्षेत्रका लागि चलाइएको यो अभियानको उद्देश्य नै जंगलदेखि घरसम्म पुगेर माओवादीको सफाया गर्नु थियो। उक्त अभियानको ठूलो आलोचना भयो। तर चिदम्बरम पूर्वोत्तर भारत र काश्मीरमा मानव अधिकार उल्लंघन भएका घटना कम गर्नका लागि शसस्त्र बल विशेषाधिकार अधिनियमको समीक्षा गर्न तयार थिए। 

पी चिदम्बरम

उनले गृह मन्त्रालयको जिम्मेवारी पाएको यही समयमा अमित शाहविरुद्ध मुद्दा चलाएका थिए। र, नरेन्द्र मोदीविरुद्ध पनि तत्कालीन समयमा असफल प्रयास गरेका थिए। तर मोदी उक्त प्रकरणमा संलग्न र दोषी देखिएनन्।

यो प्रकरण निकै लामो समयसम्म चल्यो तर मोदीलाई अभियुक्त बनाउन चिदम्बरम असफल भए। 

अहिले चिदम्बरमको गिरफ्तारी त्यही समयको तुषको रुपमा कतिपयले बुझ्ने गरेका छन्। केही न केही भ्रष्टाचारको हिस्सा चिदम्बरम हुन सक्छन्। तर केहीले यो पनि भन्दैछन् कि गुजरात दंगामा दोषी साबित गराउन नसकेको परिणाम उनी भोगिरहेका छन्।

अब बाँकी इतिहास हो। तर चिदम्बरमको पार्टीको आज जुन अवस्था छ, यसले के स्पष्ट पार्छ भने उनको राजनीतिक करिअरको सुखद अन्त्य भने देख्न पाउनेछैनन्। 

राजीव गान्धीले निलो आँखा भएको खानदानी परिवारको एक प्रतिभाशाली युवालाई जुन उद्देश्यले राजनीतिमा भित्र्याएका थिए, त्यो कति पूरा भयो?  इतिहासले मूल्यांकन गर्ला। तर 'क्लिनचिट' लिएर पुन: राजनीतिमा पुरानै छवि बाकेर आउन भने ७३ वर्षीय चिदम्बरमका लागि निकै ढिलो हुनेछ। बिबिसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्