काठमाडौं- सरकारले नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्नका लागि चार र पाँचतारे होटलमा नेपाली खानाको छुट्टै स्टल राख्नुपर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचारप्रसार सहित नेपाली मौलिक खानाको समेत प्रचार गर्न लागेको हो। यसका लागि मन्त्रालयले सरोकारवालासँग छलफल गरी १५ दिनेभित्रै सो योजना लागू गर्ने गरी मापदन्ड समेत तय गर्ने भएको छ।
साथै मन्त्रालयले नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि आवश्यक प्रवर्द्धन र बुकलेट समेत प्रकाशन गर्ने तयारी गरेको छ। यसका लागि भने मन्त्रालयले ३ महिनाको समयसीमा राखेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक गरेको वार्षिक कामको सूचीमा अन्तर्राष्ट्रिय चेन होटेल तथा विमान कम्पनीसँग संयुक्त रुपमा नेपाल प्रवर्द्धनका प्याकेज सञ्चालन गर्ने उल्लेख छ। यसका लागि भने एक वर्षको समय लाग्ने मन्त्रालयले जनाएको छ। (तस्बिर- नयाँ पत्रिका)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।