काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका वृद्धवृद्धाका लागि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गर्ने बताएका छन्।
मन्त्रालयमा आयोजित भावी कार्ययोजनका सम्बन्धमा जानकारी गराउने कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'७० वर्ष माथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गरिने छ,' मन्त्री भट्टराईले भने।
सोही कार्यक्रममा उनले सम्माननीय बाहेकका उच्च पदस्थ पदाधिकारीलाई विमानसम्मै सवारी लैजानसमेत प्रतिबन्ध लगाउने तयारी मन्त्रलायले गरेको बताए।
यो व्यवस्था लागू भएमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, र राष्ट्रियसभा तथा प्रतिनिधिसभाका अध्यक्षले मात्र विमानसम्मै सवारी साधन लैजान पाउनेछन्।
उनले विमानस्थल क्षेत्रका सेकुवा पसल समेत हटाउने समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।