काठमाडौं- सन् २०२० को जापान ओलम्पिकमा टोयोटाले इलेक्ट्रिक सवारीको प्रयोग गर्न तयारी गरेको छ। त्यसका लागि कम्पनीले ठूलो संख्यामा यस्ता सवारीको विकासमा लागि गरेको जानकारी दिएको छ।
टोयोटाले यो ओलम्पिकमा वातावरणमैत्री सवारीलाई विशेष प्राथमिकता दिने लक्ष्यका साथ काम गरिरहेको छ। यस्ता सवारीमा व्याट्रि–इलेक्ट्रिक तथा हाइड्रोजन पावर सवारी समेत हुने कम्पनीले उल्लेख गरेको छ।
टोयोटाका अनुसार ओलम्पिकका लागि ३ हजार ७ सय सवारी प्रदान गरिने छ। त्यसमध्ये ९० प्रतिशत सवारी विद्युतीय हुनेछन्। जसमा ब्याट्री इलेक्ट्रिक, हाइड्रोजन पापर तथा ग्यास-इलेक्ट्रिक हाइब्रिड समेत हुनेछन्। ३ हजार ७ सय सवारीमध्ये ८ सय ५० ब्याट्री इलेक्ट्रिक र ५ सय फ्युल–सेल इलेक्ट्रिक कार उपलब्ध हुनेछ।
टोयोटाले ओलम्पिकका लागि उपलब्ध गराउने ३ हजार ७ सय सवारी मध्ये २ हजार ७ सय सवारी अफिसियलका लागि प्रयोग हुनेछ। वैकल्पिक उर्जायुक्त सवारीको विकासका लागि टोयोटालाई पायोनियर नै मानिन्छ।
टोयोटाले सन १९९७ मा प्रियस हाइब्रिड कार सार्वजनिक गरेको थियो। तथापि प्रिमियम तथा मास मार्केट इलेक्ट्रिक सवारीमा टोयोटालाई टेस्ला, जिएम, निसानलगायत ब्रान्डले उछिनेका छन्। टोयोटाले २०२० सम्ममा ६ वटा नयाँ इलेक्ट्रिक सवारी सार्वजनिक गर्ने घोषणा यसअघि नै गरि सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।