काठमाडौं- बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड राख्दै गएपछि बैंकको सुन बिक्न छाडेको छ।
पछिल्लो एक साता अवधिमा वाणिज्य बैंकहरुले जम्मा १० किलो सुन मात्र कारोबार गरेका छन्।
अघिल्लो आइतबारसम्ममा वाणिज्य बैंकहरूमा ६ सय ४६ किलो थियो। यो ७ दिन अवधिमा बैंकमा मौज्दात सुन ६ सय ३६ किलोग्राम छ।
वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष सुरु भएपछि एक किलो सुन पनि विदेशबाट ल्याएका छैनन्।
आर्थिक वर्ष सुरु भएपछिको करिब ४० दिन अवधिमा वाणिज्य बैंकहरूले सुन आयात गरेको देखिँदैन।
आइतबार सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ छ।
यसरी हेर्दा आइतबारको बजार मूल्यअनुसार बैंकहरूमा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन मौज्दात रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।