काठमाडौं- गोर्खा ब्रुअरी कर विवादमा न्याय परिषदले छानबिन थालेपछि यससम्बन्धी विवादमा तानिएका न्यायाधीशले धमाधम राजीनामा दिन थालेका छन्।
पोखरा उच्च अदालतका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएपछि सोही अदालतका अर्का न्यायाधीश रामकृष्ण यादवले पनि राजीनामा दिएका हुन्।
यादवले आफूले राम्रो काम गर्दा पनि अन्यायमा पारेको भन्दै राजीनामा दिएको बताएका छन्। उनले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा आफूले दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको र आफूले पनि उपलब्ध प्रमाणकै आधारमा उक्त आदेश गरेको दाबी उनको छ।
‘मैले अध्यापन, वकालत र न्यायाधीशका रुपमा करिब ५० वर्ष न्याय क्षेत्रमा बिताएँ, तर अहिले यस्तो परिस्थिति आएर छानबिनमा तारेख धाउनु परेपछि राजीनामा दिन उपयुक्त ठानेँ,’ राजीनामापत्रमा उनले लेखेका छन्।
उनले भदौ ५ गते प्रधानन्यायाधीशको सचिवालयमा राजीनामा छोडेका थिए।
गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो।
यसअघि अर्का न्यायाधीश जीवनहरि अधिकारीले पनि राजीनामा गरिसकेका छन्।
उक्त आदेशअनुसार न्यायपरिषदले सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयाजकत्वमा एक सदस्यीय समिति बनाएको थियो। न्यायाधीश अधिकारीले समिति समक्ष आफ्नो स्पष्टिकरण पेश गरेका थिए।
सम्बन्धित समाचार:
छानबिनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।