काठमाडौं- 'नाडा अटो शो २०१९' सुरु हुन अब दुई दिनमात्र बाँकी छ। नाडा अटो शोमा सहभागी हुने कम्पनीहरुले आफ्नो तयारीलाई तिब्र बताएका छन्। यस्तैमा फ्रेन्च सवारी उत्पादक कम्पनी प्युजोका विभिन्न ४ मोडल अटो शोमा राखिने भएको छ।
प्युजोको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले प्युजो २००८, ३००८ र ५००८ मोडल अटो शोमा प्रदर्शनीका लागि राखिनेछ। त्यस्तै, प्युजोको पार्टनर टिपी इलेक्ट्रिक कारसमेत नाडा अटो शोमा राख्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक कारको माग बढ्दै गएसँगै आयातकर्ता विभिन्न कम्पनीहरुले इलेक्ट्रिक सवारी उपलब्ध गराउन थालेका छन्। योसँगै इलेक्ट्रिक सवारीको मागसमेत बढ्दै गइरहेको छ।
यस्तैमा सांग्रिला मोटर्सले प्युजोले उत्पादन गरेको पार्टनर टिपी इलेक्ट्रिक कार केही समयअघि नेपाल भित्र्याएको सांग्रिला मोटर्सका सिनियर म्यानेजर किरण श्रेष्ठले बताए।
‘अटो शोमा सवारी प्रदर्शनका लागि निक्कै सीमित स्थान भएकाले हामी नेपालमा उपलब्ध सबै सवारी प्रदर्शनीमा राख्ने कोशिष गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘त्यसमा पनि प्युजोको इलेक्ट्रिक सवारी पार्टनर टिपीलाई प्राथमिकता दिइनेछ।’
अटो शोमा प्युजोको ३००८ पनि मुख्य आकर्षकणको रुपमा रहने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।