• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या, घटनामा संलग्न ४ जना सार्वजनिक

सामाजिक सञ्जालको कुराकानीका आधारमा हत्यारासम्म पुग्यो प्रहरी
64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०७६  १७:३०
1140x725

जनकपुर- महोत्तरीको बर्दिबासमा श्रीमतीद्वारा सुपारी दिएर श्रीमान्‌को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्‌को हत्या गराएको रहस्य खुलेको शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीले बताए।

एसपी अधिकारीका अनुसार बर्दिबास नगरपालिका-३, गौरीडाँडाका ३६ वर्षीय 'सरोज' भनिने श्रवण थापालाई उनकै श्रीमती पूजा थापाले सुपारी दिएर हत्या गराएकी खुलेको हो। पूजाले श्रीमान्‌को हत्या गराउन आफ्नै बहिनीमार्फत पेसेवर अपराधीको सहयोग लिएको अनुसन्धानको क्रममा देखिएको एसपी अधिकारीले बताए।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर आज सर्वजनिक गरेको हो। पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका-३, हरकटवाका २७ वर्षीय प्रमोद सिंह, सोही गाउँपालिकाको वडा-२ बस्ने २७ वर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका-६, बखरी टोलका ३३ वर्षीय 'जिला' भनिने श्रीनारायण महरा र ४६ वर्षीय टिआई सहनी रहेका एसपी अधिकारीले जानकारी दिए।

'यद्यपि घटनाबारे थप अनुसन्धान हुँदैछ,' अधिकारीले भने, 'घटनामा संलग्नहरु अरु पनि छन्। सरोजको हत्यामा करिब एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। आरोपी पूजा भने फरार छिन्।'

केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले महिनादिनदेखि सरोज हत्याको अनुसन्धान गरिरहेका थिए।

घटनामा संलग्न रही हाल फरार रहेकाहरुको भने खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

यसरी पुग्यो हत्यारासम्म प्रहरी
गत असार ३१ गते राति साढे १० बजेको समयमा बर्दिबास नगरपालिका-३, गौरीडाँडाका ३६ वर्षीय 'सरोज' भनिने श्रवण कुमार थापाको स्थानीय विपी राजमार्गअन्तर्गत बर्दिबास-३ स्थित स्मृति पार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले तत्कालै उनलाई बर्दिबासस्थित शुभ-श्वस्तिक अस्पतालमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा सो घटनालाई प्रहरीले सवारी दुर्घटनाको रुपमा लिए पनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले थापाको हत्या गरिएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

हत्यामा संलग्नहरुको सार्वजनिक कार्यक्रममा सहभागी स्थानीयहरुको भीड।

टाउकोमा दुई ठाउँमा गम्भीर चोट देखिएको र सोही कारण उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा जनाइएपछि प्रहरीले सो घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ।

सिआइबीलगायत प्रहरीका ४ वटा अनुसन्धान टोलीको सक्रियतामा उनीहरुलाई सामाजिक सञ्जालमा गरिएको कुराकानीको आधारमा पक्राउ गरिएको अधिकारीले जानकारी दिए।

समाजिक सञ्जालमा पैसाको लेनदेनका सम्बन्धमा भएको कुराकानी तथा घटना भएको दिन ५ जना (अहिले पक्राउ परेका ४ जनासहित)को मोबाइल लोकेसनको आधारमा लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक अधिकारीले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार थापालाई हत्या गर्नका लागि २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अनुसन्धानको क्रममा अभियुक्तले स्वीकार गरेका थिए।

केही दिन अगाडि मात्र ७० लाख रुपैयाँमा जग्गा बिक्री गरिएको र सोही रकमको विषयमा भएको विवादले उग्ररुप लिएपछि सरोजको घरपरिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने स्थानीयहरुले आशंका गर्दै आएका थिए।

हत्याको योजना बुन्न मृतकका को-को आफन्त सामेल थिए भन्ने पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। यद्यपि थापाकी पत्नी पूजा र ससुरालीतर्फ ३ जना सालीहरु र सासु पनि सामेल रहेका प्रहरी उपरीक्षक अधिकारीले खुलाए। उनीहरु भने अझै फरार छन्।

जग्गा बिक्री गरेर थापाले मोटो रकम बैंकमा राखेको थाहा पाएका ससुराली पक्षका आफन्तले उनको हत्यापछि सो रकम पत्नी पूजाले निकाल्न पाउने आशमा हत्या योजना बुनेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

थापाको ससुराली घर छिमेककै धनुषा जिल्लाको मिथिला नगरपालिकाको बाहुनमारा हो। थापाको घर र ससुराली घरको दूरी मात्र ७ किलोमिटर छ।

प्रहरीले घटनाका दोषी सार्वजनिक गर्दैछ भन्ने थाहा पाएपछि बर्दिबास-३, गौरीडाँडाका सर्वसाधारण र मृतक थापाका घरतर्फका आफन्त ठूलो संख्यामा महोत्तरी प्रहरी कार्यालयअघि उपस्थित भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख नै सहभागि रहेको अभियुक्त सार्वजनिक गर्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक निशान थापाले घटनामा संलग्न सबैलाई पक्राउ गरिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्