काठमाडौं- अब भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी गराएका हुन्।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ संशोधन गरी यस्तो व्यवस्था गर्न लागिएको हो। प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायत सूचना प्रविधि प्रयोग गरी मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था थप भएको प्रवक्ता बाँस्कोटाले जानकारी गराए।
हेर्नुस् मन्त्रिपरिषद् बैठकमा ३५ निर्णय



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।