• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वास्तविक भूमिहीन र सुकुम्बासी पहिचान गर्ने आधार के?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  ०८:१०
1140x725

काठमाडौं- संसद्‌बाट पारित भएको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विधेयकबाट वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको पहिचान गर्ने आधारका बारेमा प्रश्न उठेको छ।

भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै हालसम्म हल हुन नसकेको समस्याको निराकरण हुने मन्त्रालयको दाबी छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पारित विधेयकमा नपरेका विषय तथा आएका सुझावलाई नियमावलीमा समेट्ने जानकारी गराइन्।

भूमिहीनको समस्या समाधान गर्नका लागि २०४८ पछि विभिन्न आयोग बने पनि समस्या समाधान हुन सकेको थिएन। हाल भूमिहीन सुकुम्बासीहरूलाई तोकिएको क्षेत्रफल निशुल्क उपलब्ध गराउने गरी ऐन बनेको छ। अव्यवस्थित बसोबासीहरूलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अवधिसमेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

पारित ऐन मिहिन ढंगबाट आउन नसकेको भूमि अधिकारकर्मी जगत देउजाले प्रतिक्रिया दिए। उनले भने, ‘ऐन कार्यान्वयनका लागि नियमावली राम्रो बनाउन सके समस्या हल गर्छ। ऐनले धेरै कुरा नबोलेकाले नियमावली राम्रो बनाउनुपर्छ।’

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भनिए पनि ऐनमा कति जग्गा दिने स्पष्ट व्यवस्था गरिएको छैन। पारित विधेयकमा सुकम्बासीको पहिचानको विधि तय गरिएको छैन। अव्यवस्थित बसोबास गर्नेहरुको हकमा जग्गा उपलब्ध शुल्कसहित उपलब्ध गराउने उल्लेख गरिएको छ। तर, शुल्कको मापदण्ड तोकिएको छैन। ठाँउ अनुसारको शुल्क फरक पर्ने हुनाले निश्चित शुल्क नतोकिएको मन्त्रालयले स्पष्ट पारेको छ।

पारित विधेयकमा धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्रका जग्गा, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वातावरणीय संरक्षणको दृष्टिकोणबाट सुरक्षित गर्न आवश्यक देखिएको जग्गा उपलब्ध नगराउने उल्लेख गरिएको छ। सार्वजनिक जग्गा, नदी, खोला/नहर किनारको जग्गा, जोखिमयुक्त स्थानमा बसोबास गरिएको जग्गा, रुख बिरुवाले ढाकिएको वनको जग्गा र सडक सीमाभित्रका जग्गा भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरूलाई उपलब्ध नगराइने पारित विधेयकमा व्यवस्था छ।

भूमि अधिकारकर्मी देउजा भन्छन्, ‘भूमिहीन वा सुकुम्बासी नभएका पनि हुँ भनि बसिरहेका छन्। समस्यालाई बढाएर जानेभन्दा अबको दिनबाट वडाको सिफारिस नलिइकन भोगचलन पनि गर्न नपाइने व्यवस्था हुनुपर्छ।’

वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको यकिन तथ्यांक सरकारी निकायले राखेको छैन। सुकुम्बासीहरुको समस्या समाधानका लागि हालसम्म १२ वटा आयोग बनेको सरकारी तथ्यांक छ। तर, वास्तविकतामा ७ आयोग मात्रै बनेको देउजाको दाबी छ। मन्त्री फेरिएसँगै आयोगको अध्यक्ष फेरिएका थिए। व्यक्ति परिवर्तन भएसँगै संख्या बढाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

बहुदलीय व्यवस्थापछि कांग्रेस नेता बलबहादर राई भूमिहीनको समस्या समाधान गर्ने आयोगका अध्यक्ष बने। राई पछि त्यसै आयोगको अध्यक्ष शैलजा आचार्य बनिन्। निरन्तरतामा सोही आयोगमा तारणीदत्त चटौत अध्यक्ष बने। एउटै आयोगमा व्यक्ति परिवर्तन हुँदा आयोगको संख्या बढाउँदै १२ पुगेको आंकडा मन्त्रालयको छ। ति आयोगहरुले कति जनाले आवेदन दिए, कतिलाई जग्गा बाँडियो र कति जग्गा बाँडियो लगायतका आँकडा प्रस्तुत गरे। देशभर रहेका वास्तविक भूमिहीन र अव्यवस्थित बसोबास गरेकाहरुको भने यकिन तथ्यांक बाहिर ल्याउन सकेनन्।

विगतका नजिर हेरेर सरकारले जग्गा उपलब्ध गराउने तथा पहिचान गराउने कार्यमा स्थानीय तहलाई नै भूमिका दिनेगरी मन्त्रालय अघि बढेको छ। जग्गा उपलब्ध गराउँदा प्रदेश सरकार र स्थानीय तहहरूसँग समन्वय गर्ने व्यवस्था पारित विधेयकमा राखिएको छ। भूमिहीन र अव्यस्थित बसोबासीले आवेदन दिने, उजुरी गर्ने तथा छानबिनको प्रक्रिया स्थानीय तहले गर्नेगरी नियमावली बनाउन देउजाले सुझाए। उनले भने, ‘मोनिटरिङ माथिल्लो निकायले गर्नुपर्छ। पहिचानको कार्य स्थानीय तहले गर्नुपर्छ।’

जग्गा उपलब्ध गराउने क्रममा परिवारका सदस्यलाई शिक्षा र रोजगार नभएको अवस्थामा प्राप्त जग्गा बेचेर पुनः भूमिहीन हुने आशंका पनि गरिएको छ। पारित विधेयकमा ‘सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरूलाई उपलब्ध गराइएको जग्गा अंशवण्डा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट १० वर्षसम्म कुनै व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाइने’ उल्लेख छ। मुक्त कमैयाहरुलाई जग्गा उपलब्ध गराउने क्रममा यस्तै प्रावधान राखिए पनि पारिवारिक कारण देखाउँदै बेचिएको विगतको उदाहरण देउजाले प्रस्तुत गरे।

गलत विवरण पेश गरी जग्गा प्राप्त गर्ने र गलत सिफारिस गर्नेलाई दण्ड सजायको व्यवस्था विधेयकमा राखिएको भए पनि त्यसको मापदण्ड उल्लेख गरिएको छैन। यदि व्यक्तिको जग्गा भएको पछि ठहरिए सरकारले उपलब्ध गराएको जग्गा फिर्ता गर्ने मन्त्री अर्यालले बताइन्। उनले भनिन्, ‘सरकारी जग्गा नभएको ठहरिएको र पछि भेटियो भने फिर्ता हुने सर्तमा जग्गा उपलब्ध गराउने हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हदबन्दीभन्दा बढीको जग्गालाई सरकारले खोस्ने आँट भने गरेको छैन। मुख्यतः तराईका जग्गामा भूमिहीनको समस्या रहेको मन्त्रालयले जनाएको छ। भूमिहीन र सुकुम्बासीलाई एकपटक मात्रै जग्गा उपलब्ध गराउने भनिएपछि पुनः यही समस्या नआउने मन्त्री अर्यालको दाबी छ्। उनले भनिन्, ‘फेरि जग्गा नपाइने भएपछि वास्तविक भूमिहीन र सुकुम्बासी जग्गाको दाबी गर्न पटक-पटक आउँदैनन्।’

ऐलानी जग्गामा बसेकाहरुको संख्या यकिन गर्न सकियो भने सुकुम्बासीको संख्यामा उल्लेख्य कमी आउने मन्त्रालयको विश्वास छ। ऐलानी जग्गालाई नै खरिद गरी बसेकाको सन्दर्भमा भने विधेयकमा कुनै व्यवस्था गरिएको छैन। रुख नभएको क्षेत्रमा बसोबासको लागि जग्गा उपलब्ध गराउने हुनाले वनको क्षेत्रफल पारित विधेयकले नघटाउने मन्त्रालयको विश्वास छ।

भूमि ऐनले वन, आवास, कृषि, उद्योग लगायतका क्षेत्र स्पष्ट किटान गरेकाले वनको संरक्षण बढ्ने बताइएको छ। पारित विधेयकमा ‘एक पटकका लागि नेपाल सरकारले निजहरूले आबाद कमोत गर्दै आएको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहर्‍याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने’ भनिएको छ।

जग्गाको आकार र मूल्य ठाँउअनुसार फरक हुने भएकाले सन्तुलन मिलाई जग्गाधनी र मोहीलाई आधा-आधा गर्ने व्यवस्था गरिएको छ।

विगतमा आयोगहरु बने पनि समस्या समाधान नभएकाले सरकाले ऐनमै व्यवस्था गरेर जग्गासम्बन्धी समस्या निराकरणका लागि आयोग बनाउन लागेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्