डडेल्धुरा- अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लको बान्नीगढी जयगढ गाउँपालिका-३ का ३७ वर्षीय अशोक परियार, सोही गाउँपालिकाको वडा नम्बर ४ बस्ने ३८ वर्षीय कालु सिंह आउजी र बैतडीको डिलाशैनी गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहरा रहेको अछाम प्रहरीले जनाएको छ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का तर्कराज तिमिल्सेना, कैलालीको घोडाघोडी नगरपालिका-७ का सवारी चालक २७ वर्षीय जन्जिर चौधरी र धनगढी उपमहानगरपालिकाका २४ वर्षीय घनश्याम चौधरी घाइते भएका छन्। उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बुधवार राति अछामको मुजाबगरबाट जयगढ जादैं गरेको से१ज ९९५ नम्बरको जीप जयगढ माझेठाना सडकखण्ड अन्तर्गत सुकिबाग डिल्लीबजार नजिक दुर्घटना भएकोे हो। जीप सडकबाट करिब २ सय मिटर तल खसेकोे छ। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।