काठमाडौं– काठमाडौं एक गेस्ट हाउसमा एक २ जना मृत फेला परेका छन्। मृत्यु हुनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीय सविना बजगाँइ रहेका छन्।
गोंगबुमा रहेको मोरङ-पर्वत गेस्ट हाउसको १११ रुम नम्बरमा मृत अवस्थामा फेला परेका हुन्।
उनीहरु प्रेमिप्रमिका हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
उनीहरू बेडमा नै सुतेको अवस्थामा मृत फेला परेका थिए।
प्रहरीले उनीहरुले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ।
महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईँसहितको टोली होटल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।