• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उही मुद्दामा एकै अदालतबाट दुईपटक फैसला : जन्मकैद ठहर भएका व्यक्तिले पाए सफाइ

न्यायाधीश र सरकारी वकिलको गम्भीर त्रुटि, सर्वाेच्च पुगेपछि खुल्यो रहस्य
64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  १३:०२
1140x725

काठमाडौं- एउटा मुद्दामा वर्षौंसम्म न्याय नपाएर भौँतारिरहनु परेको भन्दै समय-समय अदालतको आलोचना हुँदै आएको छ। यही आलोचनालाई कम गर्न सर्वोच्चदेखि जिल्ला अदालतसम्म रणनीतिक योजनासमेत लागू गरिएको छ। जिल्ला र उच्च अदालतले दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै आएका छन्।

यही प्रयास भइरहेको समयमा एक कर्तव्य ज्यान मुद्दा एउटै अदालतबाट दुईपटक फैसला भएको तथ्य फेला परेको छ। एउटै अदालतबाट दुईपटक फैसला भएको र फरक-फरक फैसला आएको यो नेपालको न्यायालयको इतिहासमै पहिलो घटना हो।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन भएको एक मुद्दा उच्च अदालत जनकपुरबाट दुईपटक फैसला भएको हो।

फरक-फरक न्यायाधीशबाट भएको यो फैसलामा सर्वस्वसहित जन्मकैद पाएका एक अभियुक्तले उन्मुक्तिसमेत पाएका छन्। न्यायाधीश र सरकारी वकिलको लापरबाहीका कारण व्यक्ति हत्यामा संलग्न ठहर भएका एक अभियुक्तले सफाइ पाएका हुन्।

त्यस्तै, आरोपीमध्ये एकको हकमा मुद्दा नै नचल्ने भएको छ।

सर्वोच्च पुगेपछि खुल्यो रहस्य
२०६४ सालको एक घटनामा उच्च अदालत जनकपुरले २०७० पुस १५ र २०७५ आश्विन ५ मा दुईपटक फैसला गरेको हो। सुरुको फैसलालाई आधार मानेर सरकारी वकिल कार्यालयले सर्वाेच्च अदालतमा पुनरावेदन गरी संयुक्त इजलाशबाट फैसला गर्न खोज्दा दुईपटक फैसला भएको रहस्य खुलेको हो।

एउटा मुद्दामा एकपटक भन्दा धेरै उच्च अदालतले आफ्नो निर्णय गर्न पाउँदैन। तर, यो मुद्दामा दुई फरक-फरक इजलाशले आफ्नो राय दिएको छ।

सरकारी वकिलले धनुषाकी कोशीलादेवी यादवको हकमा दुईपटक पुनरावेदन गरेको र त्यसलाई बेवास्ता गर्दै उच्च अदालतका न्यायाधीशहरुले दुईपटक फैसला सुनाएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७१ पुस ३ गते सर्वोच्चमा दर्ता भएको पुनरावेदनमा अन्तिम फैसला गर्न खोज्दा साउन १२ गते यस्तो रहस्य खुलेको थियो। न्यायाधीशद्धय मिरा खड्का र हरिप्रसाद फुयाँलको इजलासमा पेशी रहेको मुद्दामा सरकारी वकिलले सवै प्रतिवादीको हकमा जिल्ला र उच्चको फैसला उल्टी हुनुपर्ने माग गर्दै बहस गरेका थिए।  सरकारी वकिलपछि प्रतिवादीका वकिलले गरेको बहसपछि मात्र न्यायाधीशहरुले दुईपटक फैसला भएको जानकारी पाएका थिए।

लगत्तै इजलासले महान्यायाधिवक्ता अग्नी खरेललाई दुईपटक फैसला भएको विषयमा जानकारी गराउन र अन्य पक्षबाट पुनरावेदन भए/नभएको जानकारी गराउने आदेश गरेको छ।

के थियो घटना?
२०६४ मंसिर २ गते धनुषाको बलाबखार गाविसमा कोशीलादेवी यादवमाथि उनकै घरमा ८ बजे राति आक्रमण हुन्छ। १५-१६ जनाको समूहमा आएका उनीहरुले कोशीलालाई रडले हानेर हत्या गर्छन्। घटनापश्चात् एक लाख ५० हजार रुपैयाँ बराबरको धनमालसमेत लुटिन्छ। सोही आक्रमणका अर्का प्रतिवादी फुले यादव घाइते हुन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त घटनामा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी)का कार्यकर्तासहित ८ जनाविरुद्ध किटानी जाहेरी दर्ता हुन्छ। मृतक कोशीलादेवीका छोरा गोवर्धन यादवको जाहेरीमा धनुषा जिल्ला अदालतमा खुनडाँका र कर्तव्य ज्यान मुद्दा दर्ता हुन्छ। उक्त घटनामा संलग्न भएको भन्दै देवनारायाण यादव, जगती मण्डल, धर्मदेव मण्डल, रामचन्द्र मण्डल, फुलगेन मण्डल, जापुन यादव, 'भक्ति' भनिने रामभगत मण्डल र ब्रह्मदेव यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर हुन्छ।

जिल्ला अदालत धनुषाले यो प्रकरणमा ७ प्रतिवादीलाई सफाई दिने फैसला सुनाउँछ। उक्त समयमा फरार रहेका ब्रह्मदेव यादवको हकमा मुद्दा मुल्तवी राख्ने निर्णय जिल्ला अदालतले सुनाउँछ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्छ। 

उक्त पुनरावेदनमा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्धय अनिता मानन्धर जोशी र तेजबहादुर केसीको इजलासले २०७१ जेठ ५ गते जिल्लाले गरेको केही फैसला उल्ट्याउँछ। उच्चले ५ प्रतिवादीलाई सफाइ दिँदै रामभगत मण्डललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँछ।

उच्च अदालतको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७१ पुस ३ मा सर्वोच्च अदालतमा उच्चको फैसला त्रुटीपूर्ण भएको जिकिर गर्दै निवेदन दायर गर्छ। यही मुद्दा उच्च अदालत हुँदै सर्वोच्च गइरहँदा ब्रह्मदेव यादव जिल्ला अदालतमा हाजिर हुन्छन्। प्रतिवादी यादवको हकमा २०७१ फागुन ०१ गते सफाइ पाउने फैसला हुन्छ। न्यायाधीश लोकजङ्ग शाहको इजलासले यादवलाई सफाइ दिन्छ।

यादवले सफाइ पाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई फैसलाको जानकारी गराउँछ। उक्त जानकारीलाई आधार मान्दै २०७४ पुस २५ मा उच्च अदालत जनकपुरमा पुनरावेदन दायर हुन्छ।

प्रतिवादी ब्रह्मदेव यादवको हकका मात्र पुनरावेदन गर्नुपर्नेमा सरकारी वकिलले आठै जनाको हकमा निवेदन दर्ता गर्छ। एकपटक सोही अदालतबाट फैसला भएकोमा पुनः मुद्दा दायर र फैसला हुन नसक्ने न्यायको सिद्धान्त विपरीत २०७५ आश्विन ५ गते संयुुक्त इजलाशबाट फैसला हुन्छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्धय माधवप्रसाद पोखरेल र दिनेशप्रसाद यादवको इजलासले पहिलो फैसला भएको जानकारी हुँदाहुँदै दोस्रो फैसला सुनाउँछन्। उनीहरुको इजलाशले यसअघि ६ जना प्रतिवादीले सफाइ पाएको र एक प्रतिवादी दोषी ठहर भएको जानकारी हुदाँ पनि सवैलाई सफाइ दिने निर्णय सुनाउँछ।

ब्रह्मदेवको हकमा पुनरावेदन नै नहुने
२०७५ भदौ १ गते उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता खडानन्द गौतमले यादवको हकमा प्रमाण नपुग्ने भन्दै मुद्दा पुनरावेदन नगर्ने निर्णय गर्छ।

दोस्रो पटक उच्च अदालतबाट भएको फैसलालाई टेकेर गौतमले उक्त निर्णय गरेका थिए। तर, यसअघि नै यो मुद्दामा फैसला भएको र दोस्रो भएको फैसला उनले जानकारी नै नराखी यस्तो निर्णय गरेका थिए।

दुईमध्ये कुन फैसलालाई मान्ने भन्नेमा सर्वोच्चले यकिन गर्नेछ। सर्वोच्च अदालतले यो मुद्दामा गर्ने फैसलाले यो विवादमा न्याय निरुपण हुने देखिएको छ।

महान्यायाधिवक्तालाई समेत यस विषयमा अध्ययन गर्न सर्वोच्चले ध्यानाकर्षण गराएको छ। एउटै व्यक्तिको हकमा दुईपटक फैसला गर्ने न्यायाधीशहरुको विषयमा पनि न्याय परिषद्‌ले छानबिन गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्