काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरामा बोलाएको बैठकमा गणतन्त्र खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सोमबार ४ दलबीच भएको छलफलमा गणतन्त्र खतरामा परेकाले सबै दलले यसमा सचेत रहनुपर्ने बताएका थिए।
बैठकबाट बाहिरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य, समसामयिक विषय र शान्तिप्रक्रियाका विषयमा छलफल भएको बताएका छन्।
बैठकको प्रारम्भमै प्रधानमन्त्रीले लामो समयसम्म एउटै उद्देश्यका निम्ती काम गरेकाले दलहरुबीच दुरी कम गर्ने सहमति र समझदारीको प्रकृयालाई फेरी अगाडि बढाउने उद्देश्यले बैंठकको आयोजना गरेका थिए।
पहिलो हामीले गणतन्त्र, संघियता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीले बताएका थिए।
'यी विषय क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ। त्यसको सन्दर्भमा देशका निम्ति संघर्ष गर्ने सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै श्रेष्ठले भने।
'देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि हामी सबै एकताबद्ध भएर जानुपर्छ। यत्रो लामो समयको द्वन्द्वपछि हामी शान्ति प्रकृयामा आईसकेपछि कुनै पनि कोणबाट हिंसाको बाटोमा लैजान दिनु हुँदैन। यस किसिमको गतिविधि अन्त्य गर्न र शान्ति व्यवस्था सुदृढ बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ,' श्रेष्ठले भने।
प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अरु राजनीतिक दलका नेताहरुले पनिहामी यो मुद्दाहरुमा एकताबद्ध भएको बताएका थिए। 'गणतन्त्र, संघियता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि कहिँकतै प्रहार भए हामी सहेर बस्दैनौं,' देउवालाई उद्धृत गर्दै श्रेष्ठले भने।
शान्तिप्रकृयाको सन्दर्भमा पनि बाँकी रहेको काम पूरा गर्ने विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै बाहिर हल्ला गरिएको जस्तो नभएको र आफू थप उपचारका लागि फेरि बाहिर जान लागेको पनि जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।