काठमाडौं- सिहंदरबारमै मृत फेला परेका राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चुराम केसीको साथबाट सुसाइड नोट फेला परेको छ।
सुसाइड नोटमा उनले कसैलाई दोष नलगाइ आफ्नै कारणले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेको प्रहरीले जनाएको छ।
अन्य अर्थ नलाएर कसैलाई दुख नदिन पनि सुसाइड नोटमा उल्लेख गरिएको छ।
मंगलबार सिंहदरबारस्थित आयोगकै कार्यालयमा मृत फेला परेका उनी सोमबार साँझै नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
उनको शव नजिकै केराको बोक्रासमेत भेटिएका केरामा विष मिसाएर खाएर आत्महत्या गरेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।