बेईजिङ – चीनमा सन् २०१७ को डिसेम्बर महिनामा मात्रै सरुवा रोगका कारण करिब २७०० जनाको मृत्यु भएको छ।
राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगले दिएको जानकारी अनुसार मुख्य ठाँउहरूमा डिसेम्बरमा मात्रै सरुवा रोगबाट छ लाख ९९ हजार ८५० जना प्रभावित भएका थिए।
हैजा लगायत विभिन्न किसिमका महामारीलाई चीनमा ‘ए’ वर्गको सरुवा रोगको रूपमा वर्गीकरण गरिएको छ । प्रभावितमध्ये दुई लाख ९४ हजार ३९७ जनालाई लागेको रोगलाई ‘बी’ वर्गमा वर्गीकरण गरिएको थियो । त्यसमध्ये दुई हजार १८७ जनाको मृत्यु भएको छ।
विरामीमध्ये भाइरल हेपाटाइटिस, क्षयरोग, उच्च ज्वरो, यौनरोग लगायतका समस्या ९३ प्रतिशत विरामीमा देखिएको थियो।
‘सी’ वर्गमा राखिएका रोगहरूका कारण उक्त अवधिमा १० जनाको मात्रै मृत्यु भएको छ । यस अन्तर्गत झाडापखाला, ‘इन्फ्ल्युन्जा’, खुट्टा र मुखमा हुने विभिन्न रोगहरू रहेको अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।