काठमाडौं– भारतमा उत्पादन हुने रक्तचन्दनलाई चीन तस्करी गर्ने गिरोह फेरी सक्रिय हुन थालेको छ। प्रहरीले काठमाडौंको कपनबाट २ सय ५० केजी रक्तचन्दनसहित ४ जनाको गिरोहलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीले सिन्धुपाल्चोकका जनक बहादुर कार्की, बाँसबारीका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बुलाई पक्राउ गरेको हो।
उनीहरुबाट ८७ वटा रक्तचन्दका चिरान पठ्ठाहरु बरामद भएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । उनीहरुले सो रक्तचन्दन चीन लैजान खोजेको हुनसक्ने प्रहरी आंशका छ। पक्राउ परेकालाई कारबाहीका लागि सिआईबीले वन कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।