काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका उनको यस पटकको आगमन भने विदेशमन्त्रीका रुपमा हुनेछ।
पराराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ। बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्नेछन्।
बैठकमा द्विपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, ऊर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ।
नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।
सन् १९९८ मा स्थापना भएको नेपाल-भारत संयुक्त आयोगको बैठक यसअघि सन् २०१६ मा नयाँ दिल्लीमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।