• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अपूर्ण संगठन बनाउँदै कांग्रेस, प्रादेशिक कार्यसमितिको अन्योल यथावत

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  ०५:१०
1140x725

काठमाडौं- नेपाली कांग्रेसले प्रदेशस्तर बाहेकका कार्यसमिति सहमतिमा टुंग्याउने गरी निर्देशिका तयार गरेको छ।

गत आइतबारको केन्द्रीय समितिको बैठकले वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति बनाउनेसम्मका व्यवस्था गरेको छ। महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले तल्लो तहका संगठनलाई पूर्णता दिने गरी निर्देशिका सो बैठकमा पेस गरेका थिए।

स्थानीय तह र संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात् सिमांकन हेरफेर नभएको भए यसअघिका कार्यसमितिलाई निरन्तरता दिने व्यवस्था गरिएको छ। पूरै गाउँ विकास समिति एउटा वडामा मात्र सिमित गरिएको भए त्यसअघिको कार्यसमिति यथावत रहने निर्देशिकामा उल्लेख छ। 

सिमांकन हेरफेर भई हाल नयाँ बनेका स्थानीय तहमा साविकका सबै पदाधिकारी र सदस्यहरु सोही पदमा कायम रहनेछन्। पुनर्संरचनापछि थपिएका क्षेत्रबाट आएका अन्य सदस्यहरु त्यसैमा समायोजन हुनेछन्। 

सिमांकन पश्चात् पनि स्थानीय तहमा एक मात्रै सभापति रहेको भए सोही व्यक्तिले सभापतिको जिम्मेवारी पाउने भएका छन्। तर, पुनर्संरचनापछि एकै तहमा दुई सभापति रहेको भए आपसी समझदारीमा एक सभापति बन्नेछन्। दुईभन्दा बढी सभापति रहेको स्थानमा आपसी सहमति हुन नसेकमा हाल केन्द्र रहेको स्थानमा सभापति भएका व्यक्ति कार्यसमितिको सभापति हुन सक्नेछन्।

प्रतिनिधिसभा अन्तर्गत क्षेत्रीय कार्यसमितिमा सभापति चयन गर्ने क्रममा सहमति हुन नसके पदावधि बढी समय रहेको व्यक्ति सभापति हुनेछन्। सहमतिमा व्यवस्थापिका संसद अन्तर्गत क्षेत्रीय कार्यसमितिको सभापति चयन हुन नसके तत्कालीन व्यवस्थापिका संसद जुन क्षेत्रमा बढी संख्यामा क्षेत्रीय अधिवेसनका प्रतिनिधि छन्, सोही क्षेत्रको सभापति कार्यसमितिको सभापति हुने निर्देशिकामा उल्लेख छ। दुई वा बढी क्षेत्रमा क्षेत्रीय अधिवेशन प्रतिनिधि बराबर संख्यामा भए क्रियाशील सदस्यता संख्या बढी भएको क्षेत्रको सभापति बन्नेछन्। क्रियाशील बराबर भएको हकमा भने गोलाप्रथा मार्फत् चयन गरिनेछ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लालाई एक प्रतिनिधिसभा रहेको अवस्थामा पहिलेको प्रतिनिधि सभामा रहेको कार्यसमितिलाई प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा रुपान्तरण गरिनेछ। जिल्लामा एक मात्रै निर्वाचन क्षेत्र बनेको भए जिल्ला सभापति बाहेकका पदाधिकारी र सदस्यहरु प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन्। सम्बन्धित प्रदेशको ज्येष्ठ सदस्यलाई प्रदेश क्षेत्रीय कार्यसमितिको कार्यसमितिको सभापति हुने व्यवस्था गरिएको छ।

विधानमा पार्टीका सबै तहको निर्वाचन गोप्य मतदानबाट व्यवस्था छ। तर, वाधा अड्काउ मार्फत् सहमतिमा स्थानीय तहमा संगठन बनाउन लागिएको छ। १४औं महाधिवेशन नजिकिएको कारण देखाउँदै एकै वर्षमा दुईपटक निर्वाचन गर्न असम्भव रहेको औंल्याइएको थियो। तत्कालका लागि अन्तरिम संगठन सहमतिको आधारमा गठन गर्न लागिएको हो। नेता अर्जुननरसिंह केसीले भने, ‘महाधिवेसनलाई चाडो गर्नका निम्ति सहमतिमा स्थानीय तहका संगठन गठन गर्न लागिएको हो। अन्तरिम संगठनलाई निर्वाचन मार्फत गर्न अल्झियो भने समयमा महाधिवेसन हुन सक्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

विधानमा केन्द्रीय महाधिवेसन र प्रदेश अधिवेसन हुनुअघि एक वर्षअघि स्थानीय तहका सबै अधिवेशन हुनुपर्ने व्यवस्था छ।

विधानको दफा ७२ को संक्रमणकालीन व्यवस्थालाई निलम्बन गरी बाधा दफा ७१ को बाधा अड्काउ फुकाउने प्रावधान कार्यान्वयमा ल्याइएको हो। केन्द्रीय समितिले हाल गरेको निर्णय भने महासमिति वा महाधिवेशनले अनुमोदन गर्नुपर्नेछ।

लोकतान्त्रिक फोरमका सदस्य समायोजन हुने
निर्देशिकामा स्थानीय तहमा पूर्वलोकतान्त्रिक फोरमका सदस्यहरु समायोजन गर्ने क्रममा पूर्व दलका सभापति र पदाधिकारीहरुलाई छलफलमा सहभागी गराउने उल्लेख गरिएको छ।

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरुलाई समायोजन गर्ने संख्याका विषयमा निर्देशिकामा एकिन गरिएको छैन। समायोजन समितिले गरेको सिफारिस अनुसार कार्यसमितिमा स्थान दिइने भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य पार्टीबाट कांग्रेसका प्रवेश गरेकाहरुका सन्दर्भमा आवश्यकता अनुसार छलफलमा सहभागी गराउने र कार्यसमितिमा स्थान दिने निर्देशिका बनेको छ।

हरेक जिल्लामा एक प्रतिनिधि खटाइने
केन्द्रीय कार्यसमितिले स्थानीय तहका कार्यसमिति गठनका लागि निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ। निर्वाचन समितिले केन्द्रीय समितिभन्दा बाहिरबाट प्रतिनिधि चयन गर्ने भएको छ। उक्त समितिले कांग्रेसको सुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसनसँग समन्वय गर्नेछ।  राधेश्याम अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी,  एकराज पोखरेल सदस्य रहेका छन्।

मंसिर मसान्तसम्म स्थानीय तहको कार्यसमिति बनेर महाधिवेशन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ।

प्रादेशिक संरचनाको निर्णयको अधिकार केन्द्रीय समितिलाई
प्रादेशिक संरचनाका सन्दर्भमा निर्देशिका मौन छ। प्रादेशिक संरचनाको गठन व्यवस्थाको अधिकार केन्द्रीय कार्यसमितिलाई छोडिएको छ। प्रादेशिक संरचना सहमति वा निर्वाचन मार्फत् गठन गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गर्नेछ।

प्रदेश संरचना निर्वाचन मार्फत् नै गठन गर्नुपर्ने नेता केसीको जोड छ। उनले भने, ‘तल्लो तहका संरचना गठन गर्दा व्यवहारिक कठिनाई थिए। प्रदेश संरचना निर्वाचन मार्फत् हुनुपर्छ।’

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्