मकवानपुर– श्रीमतीको हत्या गरी भागेका मकवानपुरका एक व्यक्ति चितवनमा पक्राउ परेका छन्। मकवानपुरको थाहा नगरपालिका ६ नम्बर घर भएका रामबहादुर स्याङतानलाई प्रहरीले आइतबार चितवनको टाँडीमा पक्राउ गरेको हो।
उनले गत पुस २१ गते ४२ वर्षिय श्रीमती मिनाको हत्या गरेका थिए। घरासयी विवादमा उनले गजबारले टाउकोमा हानेर हत्या गरेको मकवानपुरका एसपी विकाराज खनालले बताए।
हत्यापछि उनी भागेका थिए। तीन सातापछि लुकेको अवस्थामा प्रहरीले पक्राउ गरकेो हो। घरायसी विवादमा उनले श्रीमतीको हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।