काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको हो ।
मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्व चयनका लागि विद्युतीय मतदान भएको थियो
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
मतदान नगर्नेको नामावाली :
केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी
अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)
निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय
लेखा आयोग
१. अशोक केसी
विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा
महाधिवेशन प्रतिनिधि
१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।