काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ।
नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले आज काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो ।
उक्त सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ ।बिहान ११:३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा सहभागीले दिउँसो सवा १२ बजेबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने बताइएको छ ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन तालिका छ ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनेपछि सबै प्रदेशमा मंसिर १२ गतेदेखि एकताको सन्देश सभा गर्दै आएको छ । मंसिर २३ गते हेटौँडाका लागि तय भएको सभा हेटौँडामा घर टहरा विस्तारको चरण रहेकाले त्यहाँ नभई पछि काठमाडौँमै गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।