• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ?

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०८२  ०७:१०
1140x725

बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ। बालबालिकामा देखिने कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी प्रभाव पनि हुन्छ।

अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो। 

जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ। 

जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ। यसले गर्दा जाडो मौसममा सरुवा रोगको जोखिम पनि हुन्छ। 

चिसोमा सरसफाइ गर्न बालबालिकाले गल्छी गर्ने र अभिभावकले बेवास्ता गर्दा सरसफाइको कमी हुन जान्छ। जसले गर्दा रुघाखोकी, रुघाखोकीका कारण हुने निमोनिया र सरसफाइको कमीले हुनसक्ने रोग र संक्रमणको जोखिम बालबालिकामा बढी हुनसक्छ।

कान्ति बाल अस्पतालमा मौसमी रुपमा श्वासप्रश्वासजन्य रोगहरु, मौसमी रुघाखोकी, निमोनिया र भाइरल डायरियाका बिरामी आउने गरेका छन्।

झाडापखाला भन्ने वित्तिकै मानिसहरुले गर्मी मौसममा फोहोरका कारणले हुन्छ भन्ने सोचाइ राख्छन्। तर जाडो मौसममा चिसोका कारण हुने संक्रमणले भाइरल पखाला गराउन सक्छ।

बोल्न सक्ने उमेरका बालबालिकाले चिसो लागेको कुरा आफ्ना अभिभावकलाई भन्न सक्छन्। तर नवजात शिशुलाई चिसो लागेको कुरा अभिभावकलाई भन्न सक्दैन। यस्तो अवस्थामा आमा–बुबाले नवजात शिशुमा देखिएको लक्षण र व्यवहार हेरेर चिसो लागेको थाहा पाउनुपर्ने हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

विशेषगरी नवजात शिशुको शरीर चिसो छ भने चिसो लागेको हुनसक्छ। आमाले शिशुलाई स्तनपान गराउँदा शिशु न्यानो छ वा चिसो छ भन्ने थाहा पाउन सक्छिन्। शिशुलाई दूध चुसाउँदा आमाको छातीमा टाँसेर राख्ने क्रममा यदि बच्चा चिसो छ भने चिसो लागेको हुनसक्छ। नवजात शिशुमा भएको चिसोपना हातखुट्टा, तालु, पैतालामा छाम्दा आमाले चिसो महसुस गरेर थाहा पाउन सकिन्छ। 

यस्तै ठूलो बच्चालाई चिसो लागेमा ऊ काम्न सक्छ, शरीरले नछोपिएका भागहरु बढी चिसो हुन्छ, हातका औंलाहरु कठ्यांग्रिएको हुनसक्छ। यसरी चिसो लागेको थाहा पाउन सकिन्छ।

धेरै अभिभावकले के खायो भने बच्चालाई चिसो लाग्छ ? कस्तो खानपानले चिसोबाट बचाउन सकिन्छ भनेर सोध्नुहुन्छ। चिसो मौसममा बाहिरी वातावरण चिसो हुने भएकाले पानीको प्रयोगले चिसो हुनसक्छ। चिसो मौसममा राम्रोसँग बाक्लो कपडा नलगाउँदा पनि चिसो लाग्छ। कतिपयले चिसो मौसममा यस्तो खानु हुँदैन, उस्तो खानु हुँदैन भनेर छुट्याउनु हुन्छ। खासमा खानेकुराकै कारण चिसो लाग्ने भन्ने हुँदैन। तर चिसो लागेका बालबालिकालाई चिसो खानेकुरा खुवाउँदा भने चिसो बढ्ने र स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ।

चिसोबाट बालबालिकालाई बचाउन विशेषगरी टाउको न्यानो बनाउनुपर्छ। त्यसैले बालबालिकालाई कान छोपिने गरी टोपी लगाइदिनु पर्छ। बालबालिकालाई न्यानो राख्न शरीरलाई मात्र नभई हातखुट्टा र टाउकोमा पनि चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ। चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा खुवाउनुपर्छ। चिसोबाट बचाउने नाममा धेरै तातो खानेकुरा खुवाउनु पनि हुँदैन। मनतातो खानेकुरा खुवाउनुपर्छ। 

अहिले कोरोना संक्रमणको डरले धेरैले बालबालिकालाई स्वास्थ्य समस्या देखिँदा समयमै अस्पताल नल्याएको हुनसक्छ। यस्तै स्वास्थ्य सुरक्षा र सचेतनामा ध्यान दिँदा बालबालिकामा स्वास्थ्य समस्या कम भएको पनि हुनसक्छ। 

अस्पतालमा कोरोना सर्न सक्छ भनेर उपचार गर्न नै नलैजानु राम्रो निर्णय होइन। त्यसैले बालबालिकामा स्वास्थ्य समस्या देखियो भने अस्पतालमा लगिहाल्नु पर्छ।

चिसो मौसममा बालबालिकामा लाग्ने कस्तो रुघाखोकी कडा खालको हो भनेर चिन्न सक्नुपर्छ। साधारण रुघाखोकी लाग्ने वित्तिकै अस्पताल नै आइहाल्नु पर्दैन। तर नवजात शिशुमा खतराका लक्षण वा चिह्न अर्थात् शिशु ज्यादै चिसो भएमा, शिशुले आमाको दूध नचुसेमा, शिशुलाई श्वास फेर्न गाह्रो भएमा र शिशुलाई धेरे कोखा हानेमा तुरुन्त अस्पतालमा लैजानुपर्छ। ठूला बालबालिकाको हकमा पनि उच्च ज्वरो भएमा, राम्रोसँग खाना नखाएमा, छिटोछिटो श्वास फेरेमा श्वास फेर्दा कोखा हानेमा अस्पताल ल्याउनुपर्छ। 

अभिभावकले बालकालिकालाई चिसोबाट बचाउन विभिन्न उपाय अपनाएका हुन्छन्। चिसोबाट बचाउने पहिलो उपाय भनेको बच्चालाई न्यानो कपडा, पञ्जा, मोजा, टोपी लगाइदिनु पर्छ। जसले गर्दा बालबालिकाको शरीर न्यानो हुन्छ। तर वातावरण नै तातो राख्नलाई कोठा तातो, न्यानो पार्नु पर्छ। त्यसका लागि कोइला, हिटर वा आगो बाल्ने चलन छ। यसरी आगो, कोइला वा हिटरको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्छ। हिटर आगो वा कोइलाको नजिक बस्दा पोल्ने सम्भावना हुनुका साथै कोठामा कार्बोनमनोअक्साइडको कारणले गर्दा श्वास फर्न गाह्रो भई बालबालिका बेहोस हुने सम्भावना रहन्छ। त्यसैले हिटर, आगो वा कोइलाको प्रयोग गर्दा झ्याल–ढोकाबाट हावा प्रवाह हुने वातावरण बनाउनुपर्छ। कोठालाई तातो बनाउने भन्दै भेन्टिलेसन नै नभएको कोठामा झ्याल–ढोका बन्द गरेर कोइला, आगो वा हिटर बाल्नु हुँदैन। 

चिसोका कारण बालबच्चाको हातखुट्टा सुन्निएको छ, फोका आएको छ, छालामा समस्या आएको छ वा स्वास्थ्य अवस्था बिग्रिएको छ भने अस्पताल लैजानुपर्छ। बालबालिकालाई चिसोका कारण हुने खतराका चिह्नहरु जस्तैः निमोनियाका लक्षण देखियो, जलवियोजन भयो भने चिकित्सक चिकित्सकले सिफारिस गरेको औषधि खुवाउनु पर्छ।

चिसोका कारण लाग्ने रोग र संक्रमणबाट मात्र होइन, बालबालिकालाई सबै प्रकारका रोग र संक्रमणबाट जोगाउनुपर्छ। कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लामो समयसम्म लकडाउन र निषेधाज्ञा भयो। यो समयमा बालबालिका घरभित्रै बस्न बाध्य भए। हाम्रो अस्पतालमा अघिल्लो वर्षको जाडोमा भन्दा अहिले बिरामी नै कम छन्। बालबालिकालाई विभिन्न रोग र संक्रमणबाट बचाउन दिइने खोप सेवा पनि प्रभावित भएका छन्। यसले भोलिका दिनमा बालबालिकाको स्वास्थ्य समस्या बढाउने देखिन्छ।

घरको वरपर मात्र बस्न बाध्य भएका बालबालिकामा मनोसामाजिक समस्या बढ्ने सम्भावना छ। शारीरिक समस्या देखियो भने अभिभावकले उपचार गराउन अस्पतालमा ल्याउन सक्छन्। तर मनोसामाजिक समस्याको लक्षण र चिह्न कतिपय अभिभावकले थाहा नै नपाएको हुनसक्छ। जसले गर्दा बालबालिकामा भित्रभित्रै त्यो समस्या गढ्दै जानसक्छ। बालबालिकामा बढ्ने मनोसामाजिक समस्या न्यूनीकरणका लागि अभिभावकहरु सचेत हुनुपर्छ।

लकडाउन, निषेधाज्ञा कम भइसकेको छ, त्यसैले अब बालबालिकालाई खोप लगाउन छुटेको छ भने खोप सेवा लिनुपर्छ। दीर्घरोग भएका बालबालिकाहरु नियमित सेवाबाट विमुख भएका छन् भने त्यो सेवा लिनुपर्छ। बालबालिकाको व्यवहारमा अस्वभाविक परिवर्तन आएको छ भने मनोचिकित्सकलाई सम्पर्क गरी मनोसामाजिक परामर्श र औषधि उपचार गर्नुपर्छ। 

बालबालिकालाई जाडो मौसममा हुने रोगबाट बचाउन न्यानोका साथै खानपान स्वस्थकर र पोषणयुक्त हुनुपर्छ। सरसफाइमा कमी गर्नु हुँदैन। चिसो नलाग्ने गरी बालबालिकालाई घरभित्रै सक्रिय बनाउने खेलहरु खेलाउनु पर्छ।

(डा चापागाईं बाल रोग विशेषज्ञ हुन्।)
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्