• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सात एआईजीको पद धरापमा !

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०६:१४
1140x725

काठमाडौं– हचुवाको भरमा एआइजीको दरबन्दी थप्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा समस्या सुरु भएको छ। प्रहरीबाट प्रदेशमा विशिष्ट श्रेणीका एआइजी खटाइए पनि प्रदेश गृह मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सचिव हुने भएपछि समस्या आएको हो।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेशको दरबन्दीलाई खारेज गरेको छ। पद खारेज भएपछि नेपाल प्रहरीका सातै प्रदेशमा खटिएका एआइजीलाई ती कार्यालयमा फाजिलमा राख्ने निर्णय गरेको छ। उनीहरुको अवकाशपछि ती दरबन्दी खारेज हुने गृह मन्त्रालयका एक अधिकारीले बताए। नेपाल प्रहरीले गत भदौदेखि नै सात वटै प्रदेशमा एआइजीलाई खटाउँदै आएको छ। संघीय प्रहरी ऐन नआउदै विस्तृत छलफल नगरी एआईजी खटाउदा अहिले समस्या भएको हो। अहिले प्रोटोकल नमिलेकाले एआइजीहरुको दरबन्दी फाजिलमा राख्ने निर्णय भएको गृहका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताए।

एआइजी विशिष्ट श्रेणीको पद हो। तर, प्रदेशका गृहसचिव प्रथम श्रेणीको कर्मचारीलाई खटाउने सरकारको तयारी छ। प्रथम श्रेणीको मातहतका विशिष्ट श्रेणीका एआइजी चल्नुपर्ने भएपछि सरकार एआइजीको दरबन्दी कटौतीतर्फ लागेको हो।

हाल प्रदेश १ मा एआईजी पशुपती उपाध्यय, २ मा बिजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मधु पुडासैनी, ६ मा रणबहादुर चन्द र ७ मा माधव नेपाल कार्यरत छन्। उनीहरु भने सहसचिवकै मातहतमा रहेर भएपनि काम गर्न तयार रहेको भन्दै आफ्नो सरुवा नगर्न लबिङ गर्न थालेका छन्।

सशस्त्रमा अन्योल

नेपाल प्रहरीको सिको गर्दै सशस्त्र प्रहरीमा पनि दुई साताअघि मात्र एआइजीको दरबन्दी थपेर ५ डिआइजीलाई एआइजी बढुवामा सिफारिस भइसकेको थियो। उनीहरुलाई प्रदेशमा खटाउने/नखटाउने अन्योल छ।

गृह मन्त्रालयका प्रवक्ता दुवाडी नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको हकमा मन्त्रिपरिषद्बाट एउटै निर्णय भएको बताउँछन्। बढुवा प्रक्रिया अघि बढिसकेकाले दरबन्दी कटौती गरेर उनीहरुलाई पनि फाजिलमा राख्ने गृहकार्य भइरहेको छ।

एक महिनापछि सातै प्रदेशमा मन्त्रालयहरु समेत सञ्चालन गर्ने सरकारको तयारी छ। गृह मन्त्रालयले धमाधम कर्मचारीहरु खटाइरहेको छ। निजामतीमा विशिष्ट श्रेणीको कर्मचारी प्रदेशको मुख्यसचिव तथा प्रथम श्रेणीका कर्मचारीहरु मन्त्रालयको सचिवको रुपमा काम गर्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

निजामतीकै संरचनाअुनसार राष्ट्रिय अनुसन्धान विभागले भने सातै प्रदेशमा डिआइजीलाई नै खटाउने तयारी गरेको छ। सरकारले विभागमा दुई वटा डिआइजीको दरबन्दी बढाएर बढुवाको तयारी गरिरहेको छ।

डिआइजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको थियो। सात प्रदेशमा एआइजीको कमान्डमा खटाउन भन्दै सरकारले दुई साताअघि दरबन्दी थप गरेको थियो। सशस्त्र प्रहरी केन्द्रीय कमान्डमै चल्ने भए पनि प्रदेश मन्त्रालयको मातहतमा चल्छ। जसकारण सशस्त्रको एआइजी थप्ने निर्णय पनि अनावश्यक साबित भएको छ।

संगठनक लागि भन्दा व्यक्तिका लागि दरबन्दी थप्दा यस्तो समस्या भएको प्रहरी अधिकारीहरु बताउँछन्।

नेपाल प्रहरीमा थपियो डिआइजीको दरबन्दी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल प्रहरीमा फेरि आफ्ना व्यक्तिहरुलाई बढुवा गर्न दरबन्दी थप गरिएको छ। सरकारले ७ वटा डिआइजीको दरबन्दी थप गरेको छ। कुन–कुन कार्यालयका लागि भनेर समेत नखुलाई दरबन्दी थप गरिएको हो।

‘कामको चाप भएका कार्यालयहरुमा खटाउने गरी’ भन्ने पत्र आएको छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘कुन कार्यालयमा खटाउने भने केही टुंगो लागेको छैन।’ 

उनीहरुलाई खटाउने कार्यालयको टुंगो नै नलागी बढुवाको तयारी अघि बढिसकेको छ। प्रहरीमा डिआइजीको ५ दरबन्दी पहिलेदेखि नै खाली छ। ५ जनाभित्र आफू निकट एसएसपीहरु नपर्ने भएपछि गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले दरबन्दी थपेको स्रोत बताउँछ।

रिक्त पदमा बढुवामा सुभाषचन्द्र चौधरी, श्याम खड्का, कृष्णप्रसाद गौतम, श्याम खत्री, विष्णुहरि गौतम, महेशविक्रम शाह, सुरज केसी, विनोद शर्मा घिमिरे, महेन्द्र पोखरेल, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, कमल जिटी, शेरबहादुर बस्नेत, दानसिंह बोहोरा, पिताम्बर अधिकारी लगायत एसएसपीहरु दाबेदार छन्।

प्रधानमन्त्री निकट मानिने प्रेम चन्द र पूर्णचन्द्र जोशीलाई समेत बढुवा गर्ने तयारी भइरहेको स्रोत बताउँछ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्