चितवन- पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र पाँच करोड ७५ लाख रुपैयाँ जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको फैसलापछि फरार रहेका काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गए राति केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो। उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी आइतबार जिल्ला अदालत चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार, खड्कालाई नेपाल राष्ट्र बैंकको जायरीले बैंकिङ कसुरको मुद्दामा २०७१ असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र पाँच करोड ७५ लाख रुपैयाँ जरिवाना तोकेको थियो।
पक्राउ परेका खड्कालाई पाटन अदालतबाट जिल्ला अदालत चितवनमा कागजपत्र पठाई जिल्ला कारागार पठाइएको ढकालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।