• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दुई सुटर, जसले ‘डन’ बन्ने सपनामा सेनाको जागिर छाडे

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०७४  १७:५५
1140x725

काठमाडौं– श्यामबहादुर गुरुङ ‘गुम्बे’ र अमरबहादुर रानाले १४ वर्षअघि नेपाली सेनामा सँगसँगै जागिर सुरु गरे। दुवैको पदस्थापन कालीदेवी गण (हाल नवलपरासी) मा भयो। 

उच्च महत्वाकांक्षा भएका उनीहरु सिपाहीको जागिरबाट सुरुदेखि नै सन्तुष्ट हुन सकेनन्। जिम्मेवारपूर्ण दैनिकी, कठिन शारीरिक अभ्यास र कडा अनुशासनमा टिक्न उनीहरुलाई गाह्रो भयो।

गुम्बेको चिनजान लोप्साङ लामासँग थियो। लामा पैसाका लागि जे पनि गर्ने व्यक्ति थिए। काठमाडौंमा उनी गुन्डा नाइके समिरमानसिंह बस्नेतको निकटमा बसेर काम गरिरहेका थिए। यो सबै गुम्बेलाई थाहा थियो।

गुन्डागर्दीबाटै लोप्साङको हैसियत बढ्दै गयो। त्यो देखेपछि मोहित बनेका गुम्बे अन्तत: सेनाको जागिर छाडेर भागे। 

त्यसपछि लोप्साङको समूहमा आबद्ध भएर ठेक्कापट्टामा संलग्न व्यापारी धम्काउने धन्दा सुरु गरे। यो करिब ४ वर्षअघिको घटना हो। 

सेनाको जागिरमा भन्दा गुन्डागर्दीबाटै पैसा कमाइने देखेपछि सेनामा गुम्बेसँगै प्रवेश गरेका अमरबहादुर रानाले पनि २ वर्षअघि जागिर छाडे। जागिर छाडेर भागेको उनले परिवारलाई समेत जानकारी दिएनन्। 

अमर पनि लोप्साङकै समूहमा आइपुगे, जहाँ गुम्बे 'सानदार' जीवन बिताइरहेका थिए। पछि अमर समिरमानसिंह बस्नेत र कुमार घैंटको समूहमा आबद्ध भए। सैनिकको कडा जागिरभन्दा गुन्डागर्दीको 'रमाइलो'मा उनी अभ्यस्त हुन थाले।

२०७२ साउनमा प्रहरी मुठभेडमा घैंटे मारिएपछि गुम्बे र अमर भारततिर छिरे। गुन्डागर्दीबाट पैसा कमाउने लत बसिसकेको उनीहरुको मन अन्य कामतिर लागेन। त्यहाँ पनि गुन्डागर्दीलाई नै पेशा बनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा उनीहरुको भेट भयो, रुपन्देहीबाट भागेर पुगेका मनोज पुनसँग। यी दुई भगौडा सैनिकका नाइके समिरमानसिं र मनोजले ‘अन्डरवर्ल्ड’ शैलीमा धम्की र असुलीको योजना बनाए। 

धम्काउँदैमा पैसा आउने सम्भावना थिएन। त्यसकारण उनीहरु कसैको हत्या गरेर आतंकित बनाउन चाहन्थे। 

हत्याका लागि दुर्गा तिवारी उनीहरुको पहिलो निसानामा परे। मनोजको दुस्मनी पनि भएकाले उनको हत्या गर्ने र त्यसपछि व्यापारीहरुलाई धम्काएर पैसा उठाउने योजना बन्यो। 

त्यही योजना अनुसार गत वर्ष पुस ४ मा देवदहमा तिवारीको हत्या भयो। गोली हान्ने व्यक्ति लोप्साङ थिए। हत्यालगत्तै मनोजले प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिए। जिम्मेवारी लिनुको कारण अरुलाई आतंकित बनाउनु र पैसा असुल्नु थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोहीअनुसार बुटवलका व्यवसायीहरुलाई धम्क्याउने धन्दा सुरु भयो। उनीहरुले ‘तिवारीकै हालत बनाइदिने' भन्दै व्यापारीलाई आतंकित बनाउन थाले। गिरोहका नाइकेहरु पक्राउ नपरेकाले व्यापारीहरु डराएर पैसा दिन वाध्य थिए। 

त्यसरी उठाएको मध्ये बढी पैसा मनोजले नै राख्न थालेपछि उनीहरुबीचमै विवाद सुरु भयो। त्यही कारण समिरमानसिंह र लोप्साङ छुट्टिए। मनोज र सोम घलेले अर्को टिम खडा गरे।

सेनाको जागिर छाडेर गुन्डागर्दीमा लागेका गुम्बे र अमरबहादुर पनि समिर र लोप्साङकै समूहमा बसे। 

हत्याबाट चर्चाको लोभ

बुटवल घटनाबाट मनोज पुन चर्चित भएपछि गुम्बे र अमरबहादुरमा पनि अरु कसैको हत्या गरेर पैसा कमाउने अनि चर्चामा आउने लोभ जाग्यो।

सोही अनुसार गत वर्ष चैतमा उनीहरुले गुन्डा नाइके दावा लामाको हत्या योजना बनाए। लामासँग दुस्मनी भएकाले हत्याका लागि सो समूहले उनलाई छानेको थियो। लामाबारे सबै सूचना लिएपछि जिम जाने बेला उनको हत्या योजना बन्यो। 

गोली हान्ने जिम्मेवारी अमरबहादुरलाई दिइयो। योजनाअनुसार २०७३ चैत २८ मा गौरीघाटस्थित क्लबमा छिर्न लाग्दा अमरले दावालाई गोली हाने। उनको ढाडमा हानिएको ३ राउन्ड गोली पेटबाट निस्किएको थियो। तर, संवेदनशील अंग र हड्डीमा गोली नलागेकाले उनी बाँच्न सफल भए। 

घटनालगत्तै लोप्साङले काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरेर भने, ‘दावालाई हामीले हानेका हौं।’

दावालाई आक्रमण गरेपछि सो समूहले धम्काउँदै पैसा उठाउन थालेको थियो। 

फोन गरेर घटनाको जिम्मेवारी लिँदा पनि प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेन। उनीहरुको मनोबल बढ्दै थियो। 'क' श्रेणीका ठेकदारहरु उनीहरुको धम्कीबाट आतंकित बन्न थालेका थिए। केहीले पैसा दिए, केहीले मानेनन्।

पैसा दिन नमान्नेमध्ये एक थिए, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन। गौचनसँग समिरमानको चिनजान थियो। 

पछिल्लो समय गौचनसँग उनको विवाद बढेको थियो। आफूलाई नटेरेको रिसमा समिरमानले गौचन हत्याको योजना बनाएका हुन्। गत भदौदेखि नै उनले गौचनको दैनिकी पछ्याउन एक टोली खटाएका थिए। 

अन्तत: असोज २३ मा गौचनको हत्या गर्न उनी सफल भए।

गोली हान्न उनै २ भगौडा सिपाहीलाई जिम्मेवारी दिइएको थियो। दावालाई एक जनाले मात्र गोली हान्दा मृत्यु नभएकाले यसपटक दुई जनालाई पेस्तोल दिएर प्रयोग गरिएको थियो। 

गोली हान्नेमध्ये गुम्बे गत मंगलबार पक्राउ परेका छन्। अमरबहादुर राना भने अझै फरार छन्। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

---

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न २२ जनाविरुद्ध प्रहरीले गत साता मुद्दा दायर गरेको छ। जसमध्ये हत्या योजनाका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित ९ जना जेल चलान भएका छन्। घटनामा संलग्न १० जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन। 

सोही मुद्दामा बुधबार पक्राउ परेका सुटर श्यामबहादुर गुरुङ ‘गुम्बे’ प्रहरी हिरासतमै छन्। हत्यामा गुम्बेसँगै अमरबहादुर राना पनि संलग्न थिए। 

जर्नेलकहाँ छु भनेर अपराध दुनियाँमा 

अमरबहादुर रानाको घर उदयपुर हो। गौचन हत्यापछि प्रहरी टोली उनको घर पुगेको थियो। उनीबारे सोध्दा जर्नेलको घरमा कार्यरत रहेको परिवारका सदस्यले बताएका थिए। जबकि २ वर्षअघि नै उनले जागिर छाडिसकेका थिए। 

‘परिवारलाई जागिर छाडेको उसले बताएको रहेनछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘जर्नेलको घरमा छु भनेर परिवारलाई ढाँटेको रहेछ।’ 

महत्वाकांक्षाले सुरक्षाको जागिर छाडेर अपराधमा लागेका उनीहरुको ‘गुन्डागर्दीको रमझम’ लामो समय चल्न सकेन। प्रहरीले कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ३० वर्ष कैद सजाय माग गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिसकेको छ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्