काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता चुनौतीपूर्ण रहेको बताएका छन्।
‘कहिलेकाहीँ हामीलाई लाग्छ, पार्टी एकता नगरेको भए बरु विकल्पहरु रहिराख्थे कि, उनले भने, ‘झन् सबै विकल्प सकेर हामीले सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य पनि बर्बाद हुने हो कि शंका पनि लाग्ने गरेको छ। यही चिन्ताका कारणले पनि अप्ठ्यारा समस्याहरु हल गर्न पहल गरेका छौं।’
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले धेरै वर्षपछि समाजवादप्रति सम्पूर्ण रुपले प्रतिबद्ध कम्युनिस्ट पार्टीको सरकार बनेको बताएका छन्। उनले यस्तो अवसर सधैं नआउने पनि बताए।
उनले दुई पार्टी एकता भए पनि झगडा सुरु भएको छ भन्नेहरुलाई सुदृढ एकता सहित राष्ट्रलाई हाँक्ने पार्टीको रुपमा अगाडि आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।