काठमाडौं– ठमेलको ज्याँठास्थित होटल संकटामा शनिबार बेलुका चोरी भएको छ। सो होटलमा बसेका चिनिया नागरिक जिङ यानवेनका धनमाल चोरी भएको हो।
उनको पासपोर्ट, २० हजार नेपाली रुपैयाँ, ३ हजार चिनियाँ युआन, १ थान मोबाईल, १ थान एटिएम कार्ड र चिनियाँ नागरिकता १ थान शनिबार चोरी भएको छ।
त्यस्तै सूर्यबिनायक नगरपालिका–८ सिमपानी डेरा गरी बस्ने सरिता थापाको कोठाबाट शनिबार नगद १ लाख रुपैयाँ चोरी भएको छ ।
दुवै घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।