काठमाडौं- हरेक वर्षझैं यसपालि पनि समलिंगी/तेस्रोलिंगीहरुले काठमाडौंमा गाईजात्रा महोत्सव मनाएका छन्।
ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनबाट सुरु भएको र्याली असन इन्द्रचोक, हनुमान ढोका, वसन्तपुर, न्युरोड हुँदै दरबारमार्ग पुगेको थियो। र्यालीमा सातै रङका छाताहरु पनि प्रयोग गरिएको थियो।
उनीहरुले समान अधिकारको माग गर्दै समाज तथा परिवारबाट विभेद खेप्नुपरेको बताएका छन्।
समलिंगी/तेस्रोलिंगीहरुको छाता संस्था निल हिरा समाजको अगुवाइ रहेको महोत्सवमा विभिन्न क्षेत्रका व्यक्ति, सेलिब्रेटी तथा अन्य सरोकारवालाहरु पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।