गोरखा- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन्।
गोरखामा शनिबार सञ्चारकर्मीसँग नेता श्रेष्ठले भने, 'सकेसम्म माघमा सरकार गठन गर्छौं। एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ।'
सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ। वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताए।
पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भने, 'ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन।' (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।