• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपालमा सुरक्षा गार्डले नै पाउँदैनन् न्यूनतम पारिश्रमिक

गत आवमा ३० भन्दा बढी सेक्युरिटी कम्पनीविरुद्धको उजुरी फरफारक
64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १३:०१
1140x725

काठमाडौं- सुरक्षा गार्डका रुपमा कार्यरत भिमबहादुर नाम्जालीसहित १७ जनाले न्यूनतम तलब र आवश्यक सेवासुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा २०७६ बैसाख ३० गते उजुरी दिए। उनीहरु कार्यरत सेक्युरिटी सर्भिस कम्पनी हो- खुकुरी नेपाल सेक्युरिटी प्रालि।

काठमाडौं वनस्थलीस्थित खुकुरी सेक्युरिटी कम्पनीमार्फत सुरक्षा गार्डलगायतमा काम गर्ने कर्मचारीहरुले न्यूनतम पारिश्रमिक (सरकारले गत आर्थिक वर्षको सुरुदेखि नै लागु हुने गरी तोकेको १३ हजार ४ सय ५०) र अतिरिक्त सेवासुविधा नपाएको भन्दै उजुरी दिएका हुन्।

पीडितहरुको उजुरी श्रम कार्यालय टेकुमार्फत फरफारक हुन नसकेपछि श्रम अदालतमा पुगेको कार्यालयले जनाएको छ। अदालतमा उक्त  मुद्धा विचाराधीन रहेको श्रम अदालत अनामनगरले जनाएको छ। 

त्यस्तै, २०७५ फागुन २२ गते इमेज सेक्युरिटी सर्भिसमा कार्यरत कृष्णप्रसाद पोखरेलले आफूले न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा उजुरी दिएका थिए। उनको उजुरी पनि फरफारक हुन सकेको छैन।

सुरक्षा गार्डका रुपमा कार्यरत धेरै युवाहरुले न्यूनतम पारिश्रमिक पाउन नसकेका उजुरीहरु श्रम कार्यालय टेकुमा अधिक रुपमा आउने गरेका छन्।

सुरक्षा गार्डकै रुपमा कार्यरत धनबहादुर भट्टले पनि आफूले न्यूनतम तलब नपाएको भन्दै उजुरी दिएका छन्। उनी ग्रुप-४ सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत छन्। भट्टको उजुरीमाथि छानबिन भइरहेको र कम्पनीलाई कार्यालयमा उपस्थितिका लागि पत्र काटिएको श्रम कार्यालयले जनाएको छ।

बिनाकारण कामबाट निष्कासन 
विभिन्न कम्पनीमार्फत सुरक्षा गार्डको रुपमा काम गर्दै आएका कामदारहरु बिनाकारण कामबाट निष्कासन हुने गरेको पाइएको छ।

सुरक्षा गार्डका रुपमा कार्यरत युवाहरुले आफूहरुलाई कम्पनीले बिनाकारण निष्कासन गरेको जनाउँदै काममा पुनर्बहाली गरिपाऊँ भनि श्रम कार्यालय टेकुमा उजुरी दिने गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

गत बैसाख १२ गते खुकुरी सेक्युरिटी सर्भिस प्रालिले बिनाकारण कामबाट निष्कासन गरेको भन्दै सुनैना देवी ठाकुरले श्रम कार्यालय टेकुमा उजुरी दिएकी थिइन्। उनको उजुरीका सम्बन्धमा छलफलका लागि खुकुरी सेक्युरिटी सर्भिसलाई बोलाइएको कार्यालयले जनाएको छ। दुई पक्षबीच छलफल गराइ उजुरी फरफारक गरिने श्रम कार्यालय टेकुका कार्यालय प्रमुख खगेन्द्रबहादुर बस्नेत बताउँछन्।

सुरक्षा गार्डका रुपमा कार्यरत करण राईलाई पनि आफू कार्यरत कम्पनीले कामबाट बिनाकारण निष्कासन गरेको देखाउँदै पुनर्बहालीका लागि श्रम कार्यालय टेकुमा उजुरी दिएका छन्। गत जेठ ८ गते राईले दिएको उजुरी फरफारकको काम भइरहेको श्रम कार्यालयले जनाएको छ।

कतिपय उजुरी कार्यालयमै रोजगारदाता र श्रमिकबीच वार्ता गराइ फरफारक गराइने तथा कतिपय उजुरीहरु श्रम कार्यालयमा आए पनि पछि श्रमिक र रोजगारदाता बाहिर आफैँ मिल्ने गरेको पनि पाइएको कार्यालय प्रमुख बस्नेतले बताए।

‘धेरै उजुरीहरु लिएर पीडित पक्षहरु आउनुहुन्छ, पछि रोजगारदाता र कामदार बाहिरै मिलेर उजुरी रद्द गर्नुहुन्छ। कतिपय उजुरीहरु हामी कार्यालयमा नै फरफारक गराउँछौँ, पीडितलाई आवश्यक क्षतिपूर्ति भराउने देखि बिनाकारण कामबाट निकालिएकालाई पुनर्बहालीसम्म गराउँछौँ,’ कार्यालय प्रमुख बस्नेत भन्छन्।

सुरक्षा गार्डका रुपमा कार्यरत कामदारहरुले आफूहरुले न्यूनतम पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय टेकुमा दिइएका व्यक्तिगत तथा सामूहिक उजुरीहरुमाथि छानबिन तथा द्विपक्षीय छलफल गरी फरफारक गरिएको श्रम कार्यालयले जनाएको छ।

जसमा काठमाडौं सेक्युरिटी प्रालि, टु इन वान सेक्युरिटी सर्भिसलगायतका ३० भन्दा बढी सेक्युरिटी कम्पनीका उजुरीहरु गत आर्थिक वर्षमा फरफारक भइसकेको कार्यालयको तथ्यांकले देखाउँछ।

सुरक्षा गार्डले न्यूनतम पारिश्रमिक नपाएका उजुरी घटे
पछिल्लो केही समययता सुरक्षा गार्डहरुले न्यूनतम पारिश्रमिक नपाएका उजुरी घट्दै गइरहेको दाबी गर्छन् श्रम कार्यालय टेकुका प्रमुख बस्नेत।

‘केही समयअगाडि सेक्युरिटी गार्डले न्यूनतम पारिश्रमिक नपाएका उजुरीको चाङ कार्यालयमा लाग्ने गरेका थिए, पछिल्लो केही समययता न्यूनतम पारिश्रमिक नपाएका उजुरीको संख्यामा कमी आएको छ,’ उनले भने।

न्यूनतम पारिश्रमिक नपाएका उजुरी घटे पनि सञ्चय कोषलगायतका अन्य सेवासुविधा नपाएको भन्दै आउने उजुरी भने बढेको उनको भनाइ छ।

युवाहरुमा बिस्तारै श्रम ऐनका बारेमा जानकारी हुँदै गएको र न्यूनतम पारिश्रमिक सँगसँगै अन्य सेवासुविधासमेत पाइने थाहा पाएपछि पछिल्लो समय अन्य सेवासुविधा नपाएको मागदाबी गर्दै उजुरी आउने गरेको कार्यालय प्रमुख बस्नेत बताउँछन्।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा नपाएमा पीडित पक्षले कार्यालयमा उजुरी गर्न सक्ने र सोही उजुरीका आधारमा श्रमिकहरुलाई सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन पहल गरिने उनको भनाइ छ।

सरकारले गत आर्थिक वर्षको सुरुदेखि नै न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउने बताए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ।

निकै ठूलो संख्यामा कामदारहरुले न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन्। विभिन्न उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाएका छन् वा छैनन् भनि सरकारका तर्फबाट कुनैपनि अनुगमन भएको पाइँदैन।

श्रमिकहरुले न्यूनतम पारिश्रमिक नपाएको उजुरी गरेपछि मात्रै आफूहरुले उनीहरुलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउनका लागि पहल गर्ने श्रम कार्यालय प्रमखु बस्नेत बताउँछन्।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
रास्वपाको बन्दसत्र आजलाई स्थगित
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्