काठमाडौं- सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
दुई दिन स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन १ हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आकासिँदा कारोबार शून्य जस्तै रहेको र बैंकले खरिद गरेको काँचो सुन पनि थुप्रिएको बैंकहरुले जनाएका छन्।
मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय र चाँदीको प्रतितोला ८ सय ३५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।