काठमाडौं- विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले सुनचाँदी व्यवसायका समस्या, सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तारबारे छलफल गरेको छ। काठमाडौंको ओपेरा रेस्ट्रोका भएको भेलामा उनीहरुले व्यवसायका समस्या र चुनौतीबारे छलफल गरे।
भेलाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आफ्नो व्यवसायलाई बदलिँदो सूचना र प्रविधि अनुसार परिवर्तन गर्न आग्रह गरे।
भेलामा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार, नेपाल प्रहरीका डिएसपी डम्बरबहादुर बिश्वकर्मा, दलित कर्मचारी संघका अध्यक्ष महेन्द्र विश्वकर्मा, नेपाल हस्तकला कालिगड संघका अध्यक्ष हरि सेन्चुरी, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका संयोजक अर्जुन रसाइली, दलित साहित्य प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराइली लगायतले सम्बोधन गरेका थिए।
भेलामा दोहोरी गायक कुलेन्द्र बिसी, लोकगायक प्रकाश सपुत, दुई पटकको सगरमाथा आरोही विजय विक, नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड, रेडियोकर्मी महावीर विश्वकर्मालाई सम्मान गरिएको थियो।
भेलामा देशभरबाट हजारभन्दा बढी व्यवसायीहरु सहभागी थिए। भेलाले सातै प्रदेशको संयोजक पनि चुनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।