• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : ८० प्रतिशत निर्माण कार्य पूरा, नयाँ वर्षदेखि अन्तर्राष्ट्रिय उडान

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  ०७:००
1140x725

भैरहवा- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य कति सम्पन्न भयो? विमानस्थल कहिलेदेखि सञ्चालनमा आउँछ? विमानस्थल सञ्चालन कसरी र कसले गर्छ? यो अहिले सर्वत्र चासोको विषय छ। चासोको विषय बन्नुको प्रमुख कारण हो- राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिला निर्माण सम्पन्न हुने अयोजना बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

योसँगै सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई पनि सफल बनाउने आधारको रुपमा यो विमानस्थललाई हेरिएको छ। त्यति मात्रै होइन, नेपालको ६ दशक भन्दा लामो हवाई इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ।

वार्षिक ५ देखि ६ लाख हवाई यात्रु बढ्दै गए पनि नेपालमा एउटा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छ। अन्तर्राष्ट्रियतर्फ एकमात्र भए पनि यो विमानस्थलमा केही सिमितताका कारण सबै प्रकारका ठूला विमान उडान तथा अवतरण हुन सक्दैनन्।

यसकारण पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चासोका साथ हेरिएको छ। विमानस्थलको निर्माण कार्यले पनि पछिल्लो डेढ वर्षदेखि गति लिएको छ।

२०७४ फागुनसम्म दुई वर्षभन्दा बढी समयमा २७ प्रतिशत मात्रै काम भएको विमानस्थल निर्माणको काम अहिले १७ महिनाकै बीचमा ८० प्रतिशतभन्दा बढी सकिइसकेको छ। त्यसमा पनि विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने रन–वेदेखि ठूला पूर्वाधार निर्माणकार्य पूरा भइसकेको छ। अहिले विमानस्थलको पूर्वाधार निर्माण गरिरहेको कम्पनीले पनि अन्तिम चरणको (फिनिसिङ)को काम गरिरहेको छ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले समेत यो विमानस्थलको स्थलगत अनुगमन गरी आगामी डिसेम्बरभित्र निर्माण सक्ने गरी काम गर्न निर्माण कम्पनीलाई  निर्देशनसमेत दिइसकेका छन्। गत बिहीबार स्थलगत अवलोकनकै क्रममा मन्त्री भट्टराईले विमानस्थल निर्माणको काम सकेर निर्माण कम्पनीले नेपाल सरकारलाई डिसेम्बरमा चाँवी हस्तान्तरण गर्ने विश्वास राखेको बताए।

‘निर्माण क्रममा आउने अवरोध सरकारले एक दिन पनि ढिला नगरी हटाउँछ,’ मन्त्री भट्टराइको भनाइ थियो, ‘निर्माणका लागि आवश्यक रकम अभाव हुँदैन। सरकारले जसरी पनि स्रोतको व्यवस्थापन गर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री भट्टराईले यो विमानस्थल निर्माणको विषय आफ्नो परीक्षा भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासोका साथ हेरेको बताएका थिए।

निर्माणको अन्तिम चरणमा पुगेका कारण पनि अन्तर्राष्ट्रिय विमानस्थलको विकास गतिलाई हेरेर नागरिक उड्डयन प्राधिकरणले समेत २०७७ को बैसाखदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सबै प्रक्रिया पूरा गरेर उडान सञ्चालनको तयारी गरेको छ।

साथै विभागीय मन्त्रालयले समेत आगामी दुई महिनाभित्रै सम्भव भएसम्म हालकै सयन्त्रबाट वा जिटुजीमार्फत विमानस्थल सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गरेको छ।

विमानस्थलको काम तीव्ररुपमा अगाडि बढेको विमानस्थल आयोजना इकाईका प्रमुख इ. प्रवेश अधिकारी पनि बताउँछन्। ‘विमानस्थलको मुटु मानिने रन–वे निर्माणको काम सम्पन्न भइसकेको छ। रन–वेमा अहिले मार्किङको काम भइरहेको छ। केही दिनभित्रै रन–वेको मार्किङको काम पनि सकिन्छ’, अधिकारीले भने।

३ हजार मिटर लम्बाइ (३ किलोमिटर) र ४५ मिटर चौडाइको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्न सकिने गरी काम अघि बढेको अधिकारीले जानकारी दिए। रन–वे निर्माणका अलावा ट्याक्सी-वे र एप्रोन निर्माणको कामसमेत पूरा भइसकेको अधिकारीले बताए। ट्याक्सी-वेमा मार्किङको काम अन्तिम चरणमा पुगेको छ भने एप्रोनमा मार्किङको काम केही दिनमै सुरु हुने उनको भनाइ छ।

विमानस्थलको भौतिक संरचनाअन्तर्गत टर्मिनल बिल्डिङमा छानाको ट्रष्ट जोड्ने काम भइरहेको छ। साथै, टर्मिनल बिल्डिङको फिनिसिङको काम सुरु हुनाका साथै प्रशासनिक भवनमा झ्याल-ढोका जडानको काम तीव्र रुपमा अगाडि बढेको उनले जानकारी दिए।

अधिकारीका अनुसार हालसम्म विमानस्थलको सम्रग कामको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। सिभिलतर्फको ८२ प्रतिशत काममध्ये ७४ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ।

यसैगरी, इलेक्ट्रिकल तथा मेकानिकलतर्फको १८ प्रतिशतमध्ये ६ दशमलब २५ प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

हालसम्म विमानस्थलमा ६ वटा विमान पर्किङ गर्ने एप्रोनको काम सकिएको छ। आइसिबी जिरो-१ (पूर्वाधार निर्माण)को काम ८० प्रतिशत सम्पन्न भइसकेको छ भने आइसिबी जिरो-२ अन्तर्गत (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)को काम पनि अगाडि बढेको छ । 

आइसिबी जिरो-२ अन्तर्गत सञ्चार उपकरण तथा सर्भिलेन्स जडानका लागि डिजाइनको सम्पूर्ण काम सकिएको अधिकारीले जानकारी दिए। जसका लागि उपकरण खरिदको काम सकिएको तथा कतिपय सामानको प्लान्ट निर्माणको काम अगाडि बढेको उनले बताए।

‘आइसिबी जिरो-२ अन्तर्गतको सञ्चार उपकरण तथा सर्भिलेन्स जडानको काम आउँदो दसैंभित्र सकिन्छ,’ आयोजना प्रमुख अधिकारीले नेपाल लाइभसँग भने, ‘उपकरणबारे बुझ्नका लागि प्राविधिक टोली अमेरिका प्रस्थान गरिसकेको छ। उपकरण आएपछि जडानका लागि दुई महिनाको समय लाग्छ।’

विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्युपमेन्टका लागि थाइल्यान्डको 'एरो थाई' कम्पनीले जिम्मा पाएको छ। एरो थाई कम्पनीले ५४ करोडमा ठेक्का लिएको हो। उसले आवश्यक काम धमाधम रुपमा गरिरहेको आयोजनाले जनाएको छ।

बिहीबार अनुगमनकै क्रममा मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि आवश्यक नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा सहयोग गर्न समेत स्थानीय तह तथा सरोकारवाला सरकारी निकायलाई निर्देशन दिएका थिए। नदीजन्य पदार्थ निकासीमा स्थानीय तहको अवरोधले काममा केही ढिलाइ भएको थियो।

विमानस्थलमा कार्गो भवनको काम पनि तीव्र गतिमा भइरहेको छ। प्राधिकरणकै करिब एक अर्ब रुपैयाँको लागतमा बन्दै गरेको उक्त भवनको पनि २० प्रतिशत बढी काम समपन्न भइसकेको छ।

विमानस्थलको अगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान गर्नसक्ने क्षमता रहेको बताइएको छ। ‘फोर ई’ स्तरको यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने सबै विमानहरु एयरबस-३३०, बोइङ-७७७ लगायतलाई सहजरुपमा उडानअवतरण गराउन सकिन्छ।

दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य राखेको यो विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा टर्मिनल भवन मात्र केही सानो भए पनि अन्य भौतिक संरचनाहरु अत्याधुनिक र स्तरीय रहेको छ। सरकारले यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा लिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार यो विमानस्थल ‘फोर ई’ स्तरको विमानस्थल हो। वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थल निर्माणको जिम्मा चीनको 'नर्थवेस्ट सिभिल एभिएसन'ले पाएको छ। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोग रहेको छ।

विसं २०२३ मा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट एभियसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।

तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीले काममा ढिलाइ भएकाले सन् २०१९ जुलाईसम्म समय थप गरिएको थियो। त्यसमा पनि कम्पनीले निर्माणको काम सम्पन्न गर्न नसकेपछि तेस्रोपटक समय थप गर्दै २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा दिइएको छ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्