काठमाडौं– सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो।
यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो। कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन्। यसबाट स्रोत जुटाउन समस्या हुने उनीहरुको भनाई छ।
बुधबारकै मन्त्रीपरिषद्को निर्णयले ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।