काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन आफूले ध्यान केन्द्रित गर्ने बताएका छन्।
मंगलबार नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुसँग आफ्नै मन्त्रालयमा भएको सामूहिक भेटमा उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन लेखक, कलाकार, पत्रकार सबैसँग सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारेका थिए।
'भ्रमण वर्ष सफल बनाउने गरी आगामी १५ दिन भित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने योजनामा छु,' मन्त्री भट्टराइले भने।
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन आफूले मुख्य ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
'नेपाल भ्रमण वर्ष सफल बनाउने गरी चलचित्रकर्मीहरुले गर्ने सबै खालको कार्यक्रममा मन्त्रालयले सक्दो सहयोग गर्छ,' मन्त्री भट्टराईको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।