काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्याउन ठेक्का सम्झौता भइसकेको बताएका छन्।
जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले विद्युत समस्या समाधान गर्न गरेको फोन नियोजित रुपमा नउठाएको भन्ने आरोमा कुनै सत्यता नरहेको घिसिङले प्रष्ट पारेका छन्।
‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिएँ, पछि कल ब्याक गर्छु भन्दा भन्दै बिर्सिए छु, जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ,’ उनले भने, ‘जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको छ, सुर्खेतबाट ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन लैजान गत जेठमै ठेक्का सम्झौता गरी ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको छ, डेढ वर्षभित्रमा ग्रिड पुर्याउने लक्ष्यकासाथ काम गरिरहेका छौं।’
उनले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पकाबारेमा पनि छलफल भइरहेको बताए। उनले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको उल्लेख गरे।
‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौं,’ घिसिङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।