काठमाडौं- नेपाल वायुसेवा निगमले एडभान्स ग्लोबल ट्रान्सपोर्ट कम्पनीलाई पिएसए नियुक्त गरेको छ। जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै कम्पनीलाई पिएसए नियुक्त गरिएको निगमले जनाएको छ।
कम्पनीले नेपाल-जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताको आधारमा पिएसए नियुक्त गरिएको निगमले जानकारी दिएको छ।
निगमले पूरा तयारीका साथ जापानको उडान निरन्तरतालाई समेत मध्यनजर गर्दै कम्पनीसँगको सम्झौतालाई कार्यान्वयन गरिएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
निगमले भदौ १२ गतेबाट जापानको ओसाका विमानस्थलमा उडान थाल्दैछ। सन् २००८ बाट निगमको जापान उडान बन्द रहेको थियो।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।