काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ३ नेतालाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ।
स्रोतका अनुसार पक्राउ पर्नेमा मकर गुरुङ, डम्बरबहादुर विक र उमा गुरुङ छन्। उनीहरु मध्ये डम्बरबहादुर केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
सरकारले गत फागनु २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै पार्टीका नेताकार्यकर्ता धमाधम पक्राउ पर्दै आएका छन्। केही नेतालाई अदालतले छाड्न आदेश दिएसँगै छुटेका छन्।
आइतबार विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की 'जीवन्त' रिहा भएका थिए।
हेमन्त प्रकाश ओलीलगायतका केही शीर्ष नेताहरु भने अझै हिरासत र जेलमै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।