• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अदालतको आदेश लत्याउँदै रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट बिक्रीमा

64x64
नेपाल लाइभ मंगलबार, साउन २१, २०७६  ११:१२
1140x725

भैरहवा- रुपन्देहीमा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट (टाइगर वान प्रालि)ले अदालतको आदेशविपरीत बिक्री प्रक्रिया अगाडि बढाएको छ। सरकारी जग्गा अतिक्रमण गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३, कोटिहवामा निर्माण गरिएको भनिएको उक्त रिसोर्टले जिल्ला अदातल रुपन्देहीको आदेशको अवज्ञा गर्दै रिसोर्ट बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

सरकारी जग्गामा रिसोर्टका कतिपय संरचना निर्माण गरेको भन्दै रिसोर्टविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको थियो।

रिसोर्टले भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज)को करिब १० कठ्ठा भन्दा बढी जग्गा (सार्वजनिक कुलो तथा नहर) अतिक्रमण गरी संरचना निर्माण गरिएको दाबी गरिएको छ। तत्कालीन भैलुभुज परियोजनाअन्तर्गत नलकुप जल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले 'सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरी पाऊँ' भनी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

रिसोर्टले रुपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका-१३) स्थित नहरको (नलकुप)को कित्ता नम्बर १२०, १४८, १५२ र १९० तथा कित्ता नम्बर ७३ को सरकारी जग्गामा कमाउन्ड लगाई होटलका संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको छ।

तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भन्दै रिसोर्टविरुद्ध रुपन्देही जिल्ला अदालतले गत असार २० गते सुनुवाइ गर्दै रिसोर्टको संरचना तथा सम्पत्ति बिक्रीवितरण नगर्नु-नगराउनु भनी अन्तरकालीन आदेश जारी गरेको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै तत्कालीन एक नम्बर इजलासका न्यायधीश नरिश्वर भण्डारीले प्रतिवादीको नाममा 'मुलुकी देवानी कार्यविधि संहिता २०७४' को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गरेका थिए।

'मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सार्वजनिक तथा सरकारी कित्ताका जग्गा र तीसँग जोडिएका अन्य कित्तामा समेत संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धक लगायतका कुनै पनि काम नगर्नु-नगराउनु' भन्ने आदेशमा उल्लेख छ। अदालतले रिसोर्टलाई बाटोको म्यादबाहेक २१ दिने सूचना जारी गर्दै अदालतमा हाजिर हुन पत्राचार गरेको थियो।

टाइगर प्यालेस रिसोर्ट अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचिकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपको चेन होटल हो। उक्त ग्रुपले रिसोर्टका विरुद्धमा मुद्दा परेको र आफूहरु कानुनी प्रक्रियामा सामेल हुने गत जुलाई ११ मा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ विज्ञप्तिः

तर, सो समयसीमा भित्रमा रिसोर्ट पक्ष अदालतमा उपस्थित नभएको बुझिएको छ। उक्त मुद्दालाई हाल तामेलीमा राखिएको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार नेत्र भुसालले जानकारी दिए।

तर, मुद्दाको टुङ्गो नलाग्दै सिल्भर हेरिटेज ग्रुपले आफ्नो स्वामित्वमा रहेको टाइगर प्यालेस रिसोर्टको मलेसियाका गैरआवासीय नेपाली इन्द्रबहादुर थापासँग खरिदबिक्री प्रक्रिया अघि बढेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। वेबसाइटमा उल्लेखित विवरणअनुसार खरिदकर्ता थापाको तर्फबाट आई हग होम्स कम्पनीले खरिद प्रक्रिया अघि बढाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वेबसाइटमा राखिएको प्रारम्भिक सम्झौता पत्रअनुसार थापाले ३३ दशमलब ९ मिलियन डलर खरिद गर्न लागेको जनाएको छ। कम्पनीले थापालाई बैना वापतको ३ मिलियन अमेरिकी डलर जम्मा गर्नका लागि १५ अगस्टसम्मको समयसमेत दिएको छ।

बैना भएको ९० दिनसम्ममा रिसोर्ट किनबेचको प्रक्रिया पूरा हुने पनि ग्रुपले स्पष्ट पारेको छ।

रिसोर्ट बिक्रीका सम्बन्धमा जारी गरिएको सूचनाः

रिसोर्ट खरिदका लागि नेपालका व्यापारिक घराना विशाल ग्रुप, आइएमआई ग्रुप, चौधरी ग्रुपले चासो देखाएका थिए। तर, यी घरानालाई पछि पार्दै थापाले रिसोर्ट खरिद गर्न लागेका हुन्।

अदालतले बिक्रीमा रोक लगाएको अवस्थामा रिसोर्टले अटेर गर्दै बिक्री प्रक्रियालाई अघि बढाएको हो।

रिसोर्ट सञ्चालनमा आएदेखि नै स्थानीयको माग र आग्रहलई बेवास्ता गर्दै होटलले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको थियो। सञ्चालनमा आएको छोटो समयमा नै होटलका साझेदारबीच विवाद लगायतका कारण स्टक मार्केटमा कम्पनीको 'भ्यालू' ओरालो लाग्दै गएको थियो भने स्थानीयसँग गरेको समझदारी रिसोर्टले कार्यान्वयन गरेको थिएन। जसका कारण रिसोर्ट सञ्चालनमा पटक-पटक अवरोध आएपछि कम्पनीले रिसोर्ट बिक्री गर्नतर्फ लागेको बताइएको छ।

यता जिल्ला अदालतमा मुद्दा दायर गरेको लुम्बिनी नलकुप जल उपभोक्ता समितिले जिल्ला अदालतको अन्तरकालीन आदेश नै चित्त नबुझेको भन्दै फेरि उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा रिट दायर गरेको छ। सार्वजनिक सम्पत्ति फिर्ता नगरेसम्म होटलको सम्पूर्ण सम्पत्ति नै रोक्काको मागदाबी गर्दै पुनः रिट दायर गरिएको उपभोक्ता समितिले जनाएको छ।

होटलले मिचेको नहरको जग्गामध्ये १५२ नम्बर कित्तामा स्विमिङ पुल र क्यासिनो भवनको केही भाग पनि कुलोको जग्गामा पर्ने लुम्बिनी नलकुप जल उपभोक्ता समिति रुपन्देहीका सचिव अवध बिहारी दुवेले दाबी गरे। (तस्बिर- फोर्ब्स्)

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
दशैं तिहारमा राराताल आउने पर्यटक बढे
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्