काठमाडौं – अस्ट्रेलिया र इंग्ल्याण्डबीचको पहिलो टेस्ट क्रिकेटमा जितका लागि इंग्ल्याण्डले अन्तिम दिन ३ सय ८५ रन बनाउनुपर्ने भएको छ । दोस्रो इनिङमा स्टेभेन स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको हो ।
टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय ८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १ सय ४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २ सय ७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए ।
अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।
चौथो दिनमा नै आफ्नो दोस्रो इनिङको ७ ओभर खेलेको इंग्ल्याण्डले १३ रन बनाएको छ । ब्याटिङमा रोरी ब्रन्स र ज्यासन रोय रहेका छन् । अन्तिम दिन इंग्ल्याण्डले जितका लागि ३ सय ८५ रन बनाउनुपर्ने छ ।
यो टेस्ट विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले पनि अंक बढाउन महत्वपूर्ण रहेको छ ।
यो पनि - आईसीसीको नयाँ योजना : के हो विश्व टेस्ट च्याम्पियनसिप ?
- एसेज क्रिकेट : अस्ट्रेलिया र इंग्ल्यान्डबीच स्वाभिमानको लडाइँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।