• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसेज क्रिकेट : अस्ट्रेलिया र इंग्ल्यान्डबीच स्वाभिमानको लडाइँ

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  १८:२५
1140x725

काठमाडौं- क्रिकेटमा दुई देशबीच प्रतिस्पर्धा हुन थालेको १ सय ७५ वर्ष र पहिलो अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलेको १ सय ४२ वर्षसम्म क्रिकेटमा कुनै रोचक पक्ष छ भने त्यो एसेज नै हो। एसेज अस्ट्रेलिया र इंग्ल्यान्डबीच टेस्ट क्रिकेटको भिडन्त मात्रै होइन, स्वाभिमानको लडाइँ पनि हो। 

यसैले इंग्ल्यान्डका पूर्व कप्तान एन्ड्र्यु स्टौसले भनेका छन्, ‘क्रिकेटमा एउटा टेस्ट क्रिकेट हुन्छ र अर्को एसेज क्रिकेट।’ 

हुन त एसेज हुनुभन्दा वर्षौं अगाडि क्रिकेट नियम बनेको हो, तर त्यसमा सुधार र नयाँ नियमको प्रयोग अन्तर्राष्ट्रिय क्रिकेटमा बर्सेनी भइरहेका छन्। त्यसमा पनि सबैभन्दा रोचक बनिदिन्छ एसेज। 

यसैले आउँदो बिहीबारदेखि इंग्ल्यान्डको बर्मिङहममा हुने एसेजमा विश्व क्रिकेटप्रेमीको ध्यान तानिएको छ। इंग्ल्यान्डका कप्तान जोय रुट र अस्ट्रेलियाका कप्तान टिम पेनिले आफ्नो टिमको जितका लागि भरपुर मेहनत गरिरहेका छन्। 

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलमा अम्पायरले २२ यार्डको दुरीमा रहेका स्टम्पमा बेल मिलाएर प्ले भन्दै खेल सुरु गर्ने संकेत गर्दा क्रिकेट इतिहासमा रहेका रोचक पुराना दिनहरूको सम्झना हुनेछ। 

यसरी रह्यो एसेज नाम

सन् १९८२ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीच ओवलमा टेस्ट क्रिकेट चलिरहेको थियो। जसमा पहिलो पटक इंग्ल्यान्ड घरेलु मैदानमा अस्ट्रेलियासँग पराजित भयो। जुन हार बेलायतीहरूले सहन सकेनन्। त्यसको असर बेलायती सञ्चार माध्यममा पनि देखिएको थियो।

आफैले सुरु गरेको क्रिकेट खेलमा आफ्नै मैदानमा पराजित हुनु इंग्ल्यान्डका लागि दुःखद त थियो नै त्यो भन्दा बढी दुःख हारपछिका प्रश्नले भइरहेको थियो। आफ्नो मैदानमा इंग्ल्यान्ड हार्दैन भन्ने अभिमान अस्ट्रेलियाले नै पहिलो पटक तोडिदिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैले स्पोर्टिङ टाइम्स पत्रिकाको समाचार शीर्षक थियो, ‘२९ अगस्ट १९८२ मा ओवल मैदानमा इंग्लिस क्रिकेटको मृत्यु ...’ त्यसमा अगाडि लेखिएको थियो, ‘अन्तिम सँस्कार गरेर अस्तु अस्ट्रेलिया टिमले आफूसँगै लिएर जाने छन्।’ जसमा अंग्रजीमा जलाइएपछिको बाँकी खरानीको रुपमा ‘एसेज’ शब्दको प्रयोग गरिएको थियो। 

त्यसपछि लगत्तै १९८२/८३ मा इंग्ल्यान्ड अस्ट्रेलियाको मैदानमा खेल्न पुगेको थियो। त्यतिबेला खेलअघि इंग्ल्यान्ड टिमका कप्तान इभो ब्लिगले भनेका थिए, ‘अस्ट्रेलियाले ल्याएको एसेज फिर्ता लैजानु छ।’ 

१९८२ को स्पोर्टिङ टाइम्स पत्रिकाको एक भाग

त्यसबेला इंग्ल्यान्डले सिरिज जितेपछि केही समर्थकहरूले क्रिकेट बेलको खरानी इंग्ल्यान्ड कप्तान ब्लिगलाई उपहार स्वरुप दिएका थिए भन्नेसमेत बताइन्छ। एउटा कलश जस्तो भाँडोमा हालेर दिइएको उक्त खरानी अहिले पनि इंग्ल्यान्डमा सुरक्षित रहेको छ।

त्यसपछि नै बेलायती सञ्चार माध्यममा ‘एसेज’ शब्दलाई इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्ट सिरिज बुझाउन प्रयोग गर्न थाले। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वाभिमानको लडाइँ
इंग्ल्यान्ड र अस्ट्रेलियाले पहिलोपटक १८७७ मा टेस्ट म्याच खेलेपछि १९८२ अघि नौ टेस्ट खेलिसकेका थिए। तर १८८२ को घटनापछि भने एसेजको नाममा क्रिकेट खेलभित्रको प्रतिस्पर्धा स्वाभिमानको लडाइँसँग जोडिन पुग्यो। 

१९०२ को टेस्ट दौरान गिलबर्ट जेसोपले ओवल मैदानमा १०४ रन बनाउँदा 

मैदानमा हात हालाहाल नै नभए पनि कतिपय अवस्थामा झगडाको वातावरणसमेत मैदानमा नै देखिन्छ। खेलको माहोल चर्किंदै जाँदा भएका भनाभनहरू निकै पख्र्यातसमेत छन्। खेलाडीलाई जिस्काएर मनोबल गिराउने र बलिङ ब्याटिङका समय केही बोलिदिने चलनसमेत एसेजमा नै सुरु भएको बताइन्छ। 

अहिलेसम्म एसेजमा अस्ट्रेलिया ३३ पटक विजयी भएको छ भने इंग्लाण्ड ३२ पटक विजयी भएको छ। पाँच सिरिज बराबरी भएको छ। यसपटक हुन लागेको एसेज आईसीसीको नयाँ योजना विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत हेरिएकाले पनि थप महत्वपूर्ण बनेको छ। 

एसेज सिरिज अहिलेसम्म ७० पटक (२४६ खेल) खेलिएको छ। जसमा अस्ट्रेलियाले १ सय ४४ खेल जितेको छ भने इंग्ल्यान्डले १ सय ८ खेल जितेको छ। ९४ खेल बराबरी भएको छ। 

बल टेम्पिरिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्ध सकाएका अस्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्ट टेस्ट क्रिकेटमा फर्किएकाले पनि यो पटक विशेष चासो बढेको छ। 

एसेजमा अझै देखिन्छ खेलबाहेकको भिडन्त

यसपटक भिन्न
कुनै समय इंग्ल्यान्डमा एसेज जुनमा सुरु भएर अगस्टमा सकिन्थ्यो। सिरिज २००१ देखि भने जुलाईमा सुरु हुने गरिएको थियो। यसपटक भने इतिहासमै पहिलोपटक एसेज अगस्टमा सुरु हुन लागेको हो। 

यसपटक इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्टमा टेस्ट क्रिकेटमै पहिलो पटक खेलाडीको जर्सीमा नाम र नम्बर लेख्ने भन्दै इंग्ल्यान्ड क्रिकेटले ट्वीट गरेको छ। जसमा जोय रुट नाम र नम्बरसहितको सेतो जर्सीमा देखिएका छन्। 

यसैगरी यही एसेजमार्फत खेलाडी परिवर्तनबारे पनि नयाँ नियम लागु हुने भएको छ। नियमका अनुसार यदि कोही खेलाडी घाइते भएमा अम्पायरको स्वीकृति लिएर खेलाडी परिवर्तन गर्न सकिनेछ। यसरी परिर्वन गरिएका खेलाडीले यसअघि फिल्डिङ मात्रै गर्न पाउने भए पनि अबदेखि ब्याटिङ, बलिङ र विकेटकिपिङ पनि गर्न सक्ने छन्। 

१९६८ को टेस्टमा डेरेक अन्डरउडले ७ विकेट लिँदा

खेल तालिका 
अगस्ट ०१ देखि अगस्ट ०५ – पहिलो टेस्ट, एड्जबास्टन बर्मिङहम
अगस्ट १४ देखि अगस्ट १८ – दोस्रो टेस्ट, लर्डस लण्डन
अगस्ट २२ देखि अगस्ट २६ – तेस्रो टेस्ट, हिडिङग्ले लिड्स
सेप्टेम्बर ०४ देखि सेप्टेम्बर ०८ – चाथौ टेस्ट, वल्र्ड ट्राफोर्ड म्यानचेस्टर
सेप्टेम्बर १२ देखि सेप्टेम्बर १६ – पाँचौ टेस्ट, ओवल लण्डन

(तस्बिर:- लिफ्ट म्यागजिन, हिस्ट्री एक्स्ट्रा, दि टेलिग्राफ)

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्