काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको पारिश्रमिक भुक्तानीमा अनिवार्य स्थायी लेखा नम्बर (प्यान) राख्ने प्रावधानबाट पछि हट्न नसकिने संकेत गरेका छन्। नागरिकको नागरिकता जस्तै गरी प्यान कार्यान्वयन हुने भन्दै उनले नागरिकता लिन्न भन्नु र प्यान नलिनु एकै भएको उल्लेख गरे।
'नागरिकता लिन झन्झट भयो भन्ने मान्छे जसरी नागरिक बन्न सक्दैन, प्यान नलिने पनि अब त्यसरी नै म नागरिक हुन सक्दिनँ भन्ने जस्तै हो,' उनले भने, 'प्यान लिनु भनेको कर तिर्न जबर्जस्ती आऊ भने जस्तो होइन।'
आन्तरिक राजस्व विभागको व्यवस्थापन सेमिनारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले प्यान लिँदा मूल्य अभिवृद्धि करको जस्तो विवरण बुझाउनु पनि नपर्ने उल्लेख गरे।
'बैंक खाता, प्यान, सामाजिक सुरक्षा नम्बर र राष्ट्रिय परिचयपत्र नागरिकका अनिवार्य सर्त हुन्,' अर्थमन्त्रीले भने, 'राष्ट्रिय परिचपत्र भइसकेपछि प्यान त्यसैमा फिट हुन्छ, जम्मा अब एक/डेढ वर्षको कुरा मात्रै हो।' (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।