काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सुन तस्करी र कर्तव्य ज्यानमुद्दा लागेका प्रतिवादीको थुनछेक मुद्दा सर्वोच्चवाट निर्णय भएको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले अन्तिम किनारा गर्दे केही आरोपीहरुको हकमा उच्च र केहीको हकमा जिल्ला अदालतको आदेश सदर गरेको छ।
सर्वोच्चले प्रहरी अधिकृतहरु दिवेश लोहनी, बालकृष्ण सञ्जेल, विकासराज खनाल र प्रजित केसीलाई थुनामा पठाउने जिल्ला अदालतको फैसला बदर गरेको उच्च अदालत विराटनगरको आदेशलाई सदर गरेको छ। जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाएकोमा उच्चले साधारण तारेखमा रिहा गरेको थियो।
व्यापारीहरु राजेन्द्र शाक्य र विमल पोद्दारको हकमा पनि उच्च अदालतको फैसला सर्वोच्चले सदर गरेको छ। सर्वोच्चले शाक्य र पोद्दारलाई १०/१० लाख धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको हो।
सर्वोच्चले १६ जना प्रतिवादीहरुलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको छ। सर्वोच्चले १३ जना आरोपितहरुलाई धरौटीमा छोड्ने आदेश गरेको छ।
सर्वोच्चले सुन तस्करीको मुख्य अभियुक्त भएको आरोप लागेका सञ्जयकुमार राउत, तुलाराम थारु, राजन थापा, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अमरमान डंगोल, लाक्पा शेर्पा, श्यामबहादुर खत्री, पुण्यप्रसाद लामा तामाङ्ग, डेविड भन्ने छिरिङ वाङ्गेल घले, भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, कपिलराज पुरी, गोविन्दप्रसाद निरौलालाई थुनामा राख्ने उच्च र जिल्ला अदालतको आदेश सदर गरेको छ।
सर्वोच्चले १३ जनालाई धरौटीमा छोड्ने आदेश गरेको छ। महावीरप्रसाद गोल्यान, रामकुमार तिवारी, मदन सिलवाल, माधव भन्ने मदनप्रसाद घिमिरे, राजकुमार दारुका, राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, डब्बु भन्ने इम्तियाज उद्दिन, प्रभात अग्रवाल, शैयद अकवर साह, राजु महर्जन, रेवन्तकुमार आचार्य र विनोद अधिकारीलाई धरौटी माग गर्ने जिल्ला र उच्च अदालतको आदेश सदर गर्ने सर्वोच्चले निर्णय गरेको छ।
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।