काठमाडौं- सर्वोच्च अदालतले ३८ सय किलो सुन तस्करी प्रकरणमा अन्तिम निर्णय दिएको छ।
सर्वोच्चले उच्च र जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालत आएका उनीहरुमध्ये महावीर प्रसाद गोल्यान (चाचाजी) लाई १० लाख धरौटी मागेर रिहाइको निर्णय गरिएको छ। अन्य ३३ प्रतिवादीको हकमा भने उच्च अदालत विराटनगरको आदेश सर्वोच्चले सदर गरेको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै आज यस्तो निर्णय सुनाएको हो।
कसलाई के आदेश?
१. महावीरप्रसाद गोल्यान : १० लाख धरौटी
२. सञ्जयकुमार राउत : थुनामा
३. रामकुमार तिवारी : ५ लाख धरौटी
४. राजन थापा : थुनामा
५. हेमन्त गौतम : थुनामा
६. सम्विरप्रसाद तोलाङ्गे : थुनामा
७. मदन सिलवाल : ५ लाख धरौटी
८. बालकृष्ण श्रेष्ठ : थुनामा
९. गोपालकुमार श्रेष्ठ : थुनामा
१०. अमरमान डंगोल : थुनामा
११. माधव भन्ने मदनप्रसाद घिमिरे : १० लाख धरौटी
१२. राजकुमार दारुका : १० लाख धरौटी
१३. लाक्पा शेर्पा : थुनामा
१४. श्यामबहादुर खत्री : थुनामा
१५. राजेन्द्रकुमार शाक्य : १० लाख धरौटी
१६. विमल पोद्दार : १० लाख धरौटी
१७. डब्बु भन्ने इम्तियाज उद्दिन : १० लाख धरौटी
१८. प्रभात अग्रवाल : ५ लाख धरौटी
१९. पुण्यप्रसाद लामा तामाङ : थुनामा
२०. शैयद अकवर साह : १० लाख धरौटी
२१. राजु महर्जन : १० लाख धरौटी
२२. डेविड भन्ने छिरिङ वाङ्गेल घले : थुनामा
२३. भुजुङ गुरुङ : थुनामा
२४. दोराम खत्री : थुनामा
२५. वीरेन्द्रमान श्रेष्ठ : थुनामा
२६. कपिलराज पुरी : थुनामा
२७. विकासराज खनाल : साधारण तारेख
२८. गोविन्दप्रसाद निरौला : साधारण तारेख
२९. तुलाराम थारु : थुनामा
३०. बालकृष्ण सञ्जेल : साधारण तारेख
३१. दिवेश लोहनी : साधारण तारखेमा
३२. प्रजित केसी : साधारण तारेखमा
३३. बालकृष्ण खड्का : एक लाख
३४. रेवन्तकुमार आचार्य : एक लाख २१ हजार धरौटी
३५. विनोद अधिकारी : १ लाख धरौटी
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।