काठमाडौं- सर्वोच्च अदालतले सुन तस्करीको आरोपमा मुद्दा चलाइएका महावीर गोल्यानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
३८ क्विन्टल सुन तस्करी प्रकरणमा न्यायाधीशद्धय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलाशले गोल्यानलाई १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो।
मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिँदै गोल्यान २०७५ मंसिर १४ गते सर्वोच्च पुगेका थिए।
जिल्ला अदालत मोरङले सबै आरोपितहरुलाई थुनामा पठाउने आदेश गरेको थियो। उच्च अदालतले केही आरोपीलाई थुनामा पठाउने र केहीलाई धरौटीमा छोडेको थियो। धरौटीमा छोड्ने निर्णयविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।
२९ आरोपितहरु भने आफैं सर्वोच्च आएका थिए। 'चाचाजी'को नाममा गोल्यानले सुन तस्करी गरेको खुलेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।